सियारीमा उपप्रधानमन्त्रीद्वारा सियारी पर्यटन करिडोरको शिलान्यास तथा दयानगर दानव लिफ्ट सिचाइ योजनाको उद्वाटन ।

मेचीकाली संवाददाता

११ पुष २०८१, बिहीबार
171 shares

तुलसीराम पौडेल –

 सियारी, पौष १० 

नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सियारीमा दुई गौरव आयोजनाको शिलान्यास तथा उद्वाटन गर्नुभएको छ।रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजनाको रूपमा सियारी पर्यटन करिडोर  शिलान्यास तथा दयानगर दानव लिफ्ट सिचाइ योजनाको उपप्रधानमन्त्री सिंहले एक कार्यक्रमका बीच बुधबार  उद्वाटन गर्नुभएको हो।सो अवसरमा बोल्दै उहाँले पर्यटन करिडोर र लिफ्ट सिचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिक लाभान्वित हुने बताउनु भयो ।सियारी गाउँपालिकाले नागरिकलाई प्रत्यक्ष लाभ हुने  किसिमको कार्यक्रम ल्याउन सफल भएकोले अन्य पालिकाले सियारीबाट शिक्षा लिनुपर्ने बताउनु भयो । राजनैतिक स्थिरता जनताले चाहेको हुनाले नेपाली काङ्ग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री वसिउद्दिन खा ले यस क्षेत्रको समग्र विकासको लागि दिइने बजेट धेरै नै कम भएकोले नेपाल सरकारको ध्यान जान जरुरी भएको बताउनु भयो ।

जनतालाई सिचाइले मात्र हुदैन मल खादको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।मर्चवार ईलाका प्रशासन नेतृत्व विहिन भएकोले कार्यालय प्रमुख को व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं ,कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल ,दयानगर गाविसका पुर्व अध्यक्ष कृष्ण प्रसाद भुसाल ,दयानगर लिफ्ट सिचाइ आयोजना उपभोक्ता समिति अध्यक्ष बिशम्भर यादव ,सियारी वार्ड नम्बर -४ का वडा अध्यक्ष श्रीराम यादव ,पब्लिक मावी व्यवस्थापन समिती अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा अभिभावक संघका अध्यक्ष गोपाल ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रम सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तारा थारुको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।