अक्सवृज एकेडेमीले ग¥यो नवआगन्तुक विद्यार्थीलाई स्वागत

मेचीकाली संवाददाता

१५ पुष २०८१, सोमबार
327 shares

बुटवल, पुस १५ । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था अक्सबृज इन्टरनेशनल एकेडमीले सोमबार नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । बुटवलमा भब्य समारोह आयोजना गरी एकेडेमीले ल्याब टेक्निसियन र एचएमा अध्ययन गर्ने ७० जना नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्राविधिक शिक्षा जीवन उपयोगी शिक्षा भएकाले लगनशिल भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । प्राविधिक शिक्षा मानव जीवनसँग जोडिएकाले सेवाको भावनाले काम गर्नु पर्ने भएकाले यो शिक्षा समाजका लागि अति अपरिहार्य र महत्वपूर्ण रहेको बताए ।
उनले परीक्षाको समयमा मात्रै धेरै अध्ययन गर्नु भन्दा नियमिति रुपमा नै समय निर्धारण गरेर अध्ययन गर्दा सफलता मिल्ने बताए । एकेडेमीका कार्यवाहक अध्यक्ष गोविन्द खनालले आफुहरुले विद्यार्थीहरुलाई सैदान्तिक रुपमा भन्दा पनि व्यवहारिक रुपमा अध्ययन गराउने भएकाले विद्यार्थीहरुले धेरै कुरा सिक्ने पाउने बताए । साथै उनले अक्सबृजमा अध्ययन गरेका विद्यार्थीहरु अध्ययनपछि राम्रो काम गरेको भन्दै नव आगन्तुक विद्यार्थीहरुले निरन्तरता दिनेमा आफु् विश्वस्त रहेको बताए । यस्तै एकेडेमीका प्रबन्ध निर्देशक डीपी खनालले नयाँ विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा.इन्द्र ढाकाल, सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) का निर्देशक डा. विनोद पराजुली, चिकित्सक संघ लुम्बिनी अध्यक्ष डा.कृष्ण खरेल, भीम अस्पतालका अध्यक्ष अन्नतकुमार शर्मा, सिटिभिटीका राजु भुसाल, प्रदीप कुमार श्रीवास्तव लगायतले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरेका थिए ।