न्यू होराइजनमा वृहत रक्तदान

मेचीकाली संवाददाता

१२ माघ २०८१, शनिबार
142 shares

बुटवल, माघ १२ । देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित बुटवलको न्यू होराइजन आवासीय माध्यामिक विद्यालयलले ३५ औं वार्षिक उत्सवको अवसर पारेर शनिबार बृहत रक्तदान कार्यक्रम गरेको छ । सामाजिक क्षेत्रमा समेत सक्रिय होराइजनले रगतको अभावमा कसैको पनि ज्यान गुमाउन नपरोस भनेर उद्देश्य सहित रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान होराइजनका सबै भगिनी संस्थामा एकसाथ गरिएको थियो ।
वृहत रक्तदानको विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिमलबहादुर शाक्यले संयुक्त रूपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै शाक्यले निरोगी स्वस्थ व्यक्तिले हरेक तीन÷तीन महिनामा रक्तदान गनुपर्नेमा बताए । प्राचार्य उपाध्यायले विद्यालय पढाई सँगै सामाजिक, खेलकूद र अन्य कार्यक्रममा पनि सक्रिय रहेको बताए ।
वार्षिक उत्सवको अववसरमा तीन दिने कार्यक्रम आयोजना गरेको विद्यालयले यहीँ माघ १८ गते मूल समारोह मनाउदै छ । कार्यक्रमका संयोजक बिष्णु प्रसाद बस्याल १७३ भन्दा बढी युनिट रगत संकलन भएको जानकारी दिए । त्यस्तै अर्का कार्यक्रम संयोजक प्रकाश खनाल रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावक सहभागी रहेको बताए । कार्यक्रममा विद्यालयका उपप्राचार्य बाशुदेव अर्याल, बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ लगायतले बोलेका थिए ।