सोमबार रोहिणी स्टार फाइनलमा प्रवेश

मेचीकाली संवाददाता

२२ माघ २०८१, मंगलवार
75 shares

तुलसीराम पौडेल —

लुम्बिनी , माघ २१ 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर- ३ पडेरिया स्थित खेलमैदानमा सञ्चालित क्रिकेट टुर्नामेन्ट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा रोहिणी  फाइनलमा प्रवेश गरेको छ। सोमबार रोहिणी स्टार भर्सेस स्टडी हब  भैरहवा बीच पहिलो सेमीफाइनल प्रतियोगिता भएको थियोे । रोहिणी स्टारले स्टडी हब भैरहवालाई पराजित गरी रोडी स्टार फाइनलमा प्रवेश गर्न सफल भएको हो म्यान अफ द म्याच  रोहिणी स्टारका खेलाडी सुदीप साहनी हुन सफल भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका- ३ स्थित लुम्बिनी नव युवा क्लबको आयोजना तथा नगरपालिका वडा नम्बर ३ र लुम्बिनी खेलकुद परिषद्को सहयोगमा माघ १२ गतेदेखि सञ्चालित लुम्बिनी इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट PLPL season 7 प्रतियोगिता माघ २६ गते समापन हुने आयोजकले बताएका छन्।