इसेवा र जिएसएमएको सहकार्यमा बुटवलमा एजेन्टहरुलाई प्रशिक्षण

मेचीकाली संवाददाता

२७ फाल्गुन २०८१, मंगलवार
131 shares

बुटवल । इजिएसएमए मोबाइल फर डेभ्लपमेन्ट र इसेवा लिमिटेडको सहकार्यमा सोमबार बुटवलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इसेवाको तर्फबाट डिजिटल फाइनान्सीयल लिटरेसी ईन्भेष्टमेन्ट तथा फ्रडबाट बच्ने तरिकाको बारेमा जानकारी अभिकर्ताहरुलाई जानकारी गराइएको थियो ।

त्यस्तै जिएसएमएको तर्फबाट अधिकारिक प्रतिनिधि दिनानाथ भण्डारीले प्राकृतिक प्रकोपबाट कसरी बच्ने र त्यसमा इसेवा एजेन्ट्सको भूमिका कस्तो रहन्छ भन्ने जानकारी इसेवाको एजेन्टलाई जानकारी दिएका थिए ।

इसेवा बुटवल प्रमुख रविन्द्र पोखरेलले विभिन्न माध्यम मार्फत लुम्बिनी कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि सेवाग्राही माझ अझ शसक्त रुपमा लैजादै जाने बताए ।

यसको लागि बुटवल शाखा सधै तत्पर रहेको र आफ्नो टिम त्यही अनुसार अघि बढीरहेको कुरामा एजेन्टहरुलाई पोखरेलले विस्वास दिलाए । तालीममा रुपन्देहीका ३० एजेन्टहरु ३० जनाको सहभागिता रहेको थियो ।