ध्रुबतारा सहकारीद्धारा बाद्यवादन तथा उद्घोषण तालिम सुरु

मेचीकाली संवाददाता

२७ फाल्गुन २०८१, मंगलवार
179 shares

बुटवल । बुटवलमा रहेको ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखि सुरु गरको छ।

संस्थाका अध्यक्ष मानबहादुर कुँवरले बाद्यबादन प्रशिक्षक मिना बुढाथोकीलाई मादल हस्तान्तरण गरी तालिम उद्घाटन गरेका थिए ।

संस्थाका उपाध्यक्ष ईन्जिनीयर छबिन्द्र भट्टराई र लेखा सुपरिबेक्षण समिति संयोजक पशुपति पौडेलले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

वार्षिक कार्यक्रम अनुसर सेयर सदस्यहरुको क्षमता अभिवृद्धी साथै सहकारी शिक्षा कार्यक्रम अन्तरगत उक्त तालिम आयोजना गरीएको हो ।

तालिममा मिलन कलाकेन्द्रकी प्रशिक्षक मिना बुढाथोकीले बाद्यबादन र पत्रकार विनोद परियारले उद्घोषण तालिमको सहजिकरण गर्नेछन् ।

उक्त तालिममा ४० जना सदस्यहरुको सहभागरा रहेको शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक विनोद खनालले जानकारी दिए ।