

अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट रोजगारीको नाममा दाङ, रुपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा बसाइ सरेर जानेको संख्या अत्यधिक भएपछि नगरपालिकाले बसाइसराइ रोक्न ‘कर्मशील जनशक्ति रोजगार’ कार्यक्रम ल्याएको छ । बसाइसाइ जाँदा सबै जग्गा खरिद नगरी जाने र बसाइसराइ नगएका स्थानीयहरूले पनि खेती नगर्दा पालिकाभर जग्गा बाँझो रहेकोमा नगरपालिकाले खेती गर्ने कार्यक्रम रहेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए ।
नगरपालिकाले बेरोजगारमा सूचीकृतलाई रोजगार दिन र बसाइसराइ रोक्नका लागि ‘कर्मशिल जनशक्ति रोजगार आयआर्जन कार्यविधि २०८० बनाएर ५ स्थानमा बाँझो जग्गामा प्याज खेती सुरु गरेको छ । पहिलो चरणमा नगरपालिकाले गत कातिकमा ४० किलो प्याजको ब्याड राखेर खेतीको सुरुवात गरेको हो । जसमा भूमिकास्थान नगरपालिका वडा नम्बर २ को खाकाबेशीमा २५ रोपनीमा व्याज खेती र वडा न ५ को शनि घाटमा २५ रोपनीमा व्याज खेती वडा न ५ को बाजापाटामा १५ रोपनीमा अर्खबरे खुसानी वडा न, ७ को डुमीचौरमा ब्याज लगाइएको र तोरी ५ मुरी उत्पादन गरिएको भूमिकास्थान वडा न ९ को डेभामा ७० रोपनीमा व्याज र गहु खेती गरिएको छ भने भूमिकास्थान नगरपालिका वडा नं.१० राटटारीमा २० रोपनीमा अहिले खेती गरिएको सुरुमा यी खेती गर्दा नगरपालिकाबाट २५ लाख लगानी गरिएको उत्पादन पनि राम्रो भएको कार्यक्रम अधिकृत हरिश्चन्द्रभुसालले बताए ।
नगरपालिमामा सूचीकृत भएका २ हजार १५० मध्ये ‘कर्मशील जनशक्ति रोजगार’ कार्यक्रमबाट १०० जनालाई रोजगारी दिने कार्यविधि बनाई सकिएको छ । कार्यविधिअनुसार १५० रोपनी जग्गा बाँझो जग्गाको व्यवस्थाअनुसार ४ स्थानमा परेको छ । ४ वटै स्थानमा कर्मशील समिति बन्नेछ । ती कर्मशील समितिले दैनिक ज्यालादारीमा प्याजको बिउ उमार्नेदेखि उत्पादन भई किचनसम्म पुग्दा १५० जनाले रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।
१५० रोपनी क्षेत्रफलमा नगरपालिकाले सुरु गरेको प्याज खेती आगामी वर्षदेखि ५०० रोपनी पु¥याउने नगरपालिकाको लक्ष्य छ । कार्यविधिअनुसार नगरपालिकाले बाँझो जग्गालाई निःशुल्क वा सशुल्क लिन सक्ने व्यवस्था छ । यस वर्ष भने सबै जग्गा निःशुल्क पाइएको नरगपालिकाले उल्लेख गरेको छ । यस वर्ष सोचेअनुरूप उत्पादन भएमा नगरपालिकाले एक लाख पाँच हजार किलो प्याज उत्पादन गर्नेछ । सूचना अधिकारी भुसालका अनुसार तत्कालै ठूला कलकारखाना खुल्ने अवस्था छैन । यस अवस्थामा कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र कृषिमा रोजगारी दिनुपर्ने भएकोले नयाँ योजना अघि सारेर काम थालिएको हो । यसबाट नगरपालिकाभित्र प्याज आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाको विश्वास छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि यस कार्यक्रमअन्तर्गत नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ । यो वर्ष पाइलट प्रोजेक्टको रुपमा राखिएको हुँदा योजना सफल भएमा वार्षिक नगरपालिकामै हजारभन्दा बढीलाई रोजगारी दिइने र करोडौं आम्दानी हुने नगरपालिकाले जनाएको छ । यसका साथै नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १०० जना र नगरपालिकाभिका विभिन्न योजनामा २०० जनालाई गरी थप ३०० जनालाई रोजगारी दिएको छ ।