

बुटवल । अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटिको आयोजनामा अन्तर संकाय सेभेन ए साइड हिले फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि बिएडले हात पारेको छ ।
अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष सशांक बश्यालको अध्यक्ष्यता तथा अनेरास्ववियु खेलकुद विभाग प्रमुख सागर न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रममा अनेरास्ववियु जिल्ला इन्चार्ज निरज आचार्य,अनेरास्ववियु निवर्तमान जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, संयोजक अर्जुन गैरे, अनेरास्ववियु जिल्ला कमिटी सचिव सुमित सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेको अध्यक्ष बश्यालले जानकारी दिए । आगामी दिनमा पनि अनेरास्ववियुले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए ।