मिलन गाहा
बुटवल । बुटवलमा सम्पन्न चौथो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी विवेक नयौपाने र डेभिड थापा मगरको जोडीले हात पारेको छ । गणेश रायमाझी र विश्वास नेपालको जोडी दोस्रो तथा लाफा क्लबका हिमांसु कँवर मगर र सुविन श्रोष्ठको जोडी र बिनोद पौडेल र अर्बिन श्रीपालीले तेस्रो स्थानमा चित्त बुझाएका छन् । उपाधिसँगै प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ५१ हजार, ४१ र ३१ हजारसहित कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै अर्को विधा मास्टर भेट्रान्समा लाफा क्लबका प्रसाद गुरुङ र पुरन गाहाको जोडी प्रथम, बुटवल ब्याडमिन्टन क्लबका महेश्वर नेपाल र अशोक क्षेत्री द्वितीय तथा तिलोत्तमा ब्याडमिन्टनका थमान सारु र सुरज गुरुङ तथा बुटवल ब्याडमिन्टनका बाल्दर गोदार र नारायण तिवारी तृतीय स्थानमा चित्त बुझाए । योसंगै प्रथम, द्वितीय र तृतीयले क्रमशः ३०, २५ र २० हजार नगदसहित कप मेडल र प्रमाण्पत्र प्राप्त गर्न सफल भए ।
भेट्रान विधामा बुटवल ब्याडमिन्टन क्लबका गोपाल टन्डल र गोपाल श्रेष्ठले प्रथम स्थान हासिल गरे । लाफा क्लबका राजु गुरुङ र दिलीप श्रेष्ठको जोडी द्वितीय तथा गुल्मी ब्याडमिन्टन क्लबका खगेन्द्र रेगामी र निरबहादुर रानाको जोडी तथा बाँकेका जयन्त श्रेष्ठ र गणेश क्षेत्रीको जोडी तेस्रो स्थानमा चित्त बुझाए । बिजेता टिमहरुले क्रमशः नगद २०, १५, र १० हजार नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता खेलाडीलाई बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष नलराज नेपाल, खेल संयोजक भानु केसीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ५५ समूहको सहभागीता रहेको थियो । बुटवल ब्याडमिन्टन क्लबले लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगीता चौथोपटक आयोजना गरको हो । प्रतियोगिता फागुन २९ र ३० गते दुई दिनसम्म सञ्चालन भएको थियो ।
