बुटवल । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही र कस्तुरी हेल्थ केयर बुटवलको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आयोजना गरएिको उक्त स्वास्थ्य शिविरमा कस्तुरी हेल्थ केयर बुटवलका निर्देशक शुसान्त मास्के, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.ईसु शर्मा, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. आवास श्रेष्ठ, रिलायवल डाईनोष्टिक प्याथोलोजी बुटवलका चिकित्सक तथा प्राविधिक सहितको बिशेषज्ञ टोलीले सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य शिविरमा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, ने.प्र.वि.सु.गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत कुल ६१ जना महिला प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरेका थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक पोखरेलले धन्यबाद ज्ञापन गर्दै प्रसंशा पत्र प्रदान गरेका थिए ।

