बुटवल, २१ कार्तिक । पश्चिम नेपालका ५० जना बस ब्यबसायीहरुको साझा ब्यबसायका रुपमा स्थापित पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । दीपावली पर्व अन्तर्गत धनतेरसको अवसरमा आयोजित सो कार्यक्रममा प्रा.लि.का शेयर सदस्यहरुलाई तामाको अम्खोरा, मिष्ठान्न र १२ प्रतिशत लाभांश बिवतरण गरिएको थियो । साथै उद्योग बाणिज्य संघ बुटवलका नवनिर्वाचित अध्यक्ष तथा संघका सल्लाहकार नरिश्वर शर्मा पौडेललाई सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नवनिर्वाचित अध्यक्ष पौडेलले बुटवललाई आधुनिक र उद्योगी ब्यबसायीको शहर बनाउन यातायात ब्यबसायीहरुको महत्वपुर्ण भुमिका रहेको बतचाउनु भयो । यातायात ब्यबसायीहरुसँग सहकार्य गर्दै पार्किङ्ग ब्यबस्थापन लगाएतका समस्या समाधाका लागि प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष पौडेलले समृद्ध मुलुक बनाउन उद्योग ब्यबसायको बिकास र भौतिक पुर्वाधारको बिकासलाई सँगसँगै अघि बढाउनु पर्ने कुरामा जोड दिन्ु भयो ।
कार्यक्रममा पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यातायात ब्यबसायीको हकहित संरक्षणका साथै ब्यबसायीक श्रीबृद्धिका लागि कारोबार बिस्तारको योजनासहित टायर एण्ड ट्रिटको शुरुआत गरिएको बताउनु भयो । यातायात ब्यबसायसँग सम्बन्धित सरोकार राख्ने ब्यबसायलाई क्रमशः प्रबद्र्धन गर्दै लैजाने योजना रहेको उल्लेख गर्दै अध्यक्ष खरेलले सहकारी मार्फत सवारी ब्यबस्थापन, दुर्घटना न्यूनिकरण र ब्यबसाय प्रबद्र्धनलाई एकसाथ अघि बढाइएको जानकारी समेत दिनु भयो ।
पत्रकारहरुको जिज्ञाशा मेटाउदै अध्यक्ष खरेलले यात्रुमैत्री यातायात संचालनका लागि आफुहरु सँधै प्रतिबद्ध रहेको उल्लेख गर्दै समय अनुकुल ब्यबसाय संचालनमा पनि नयाँ प्रबिधि र ब्यबस्थापनलाई प्राथमिकता दिइएको बताउनु भयो । सो अवसरमा संचालकहरु नारायण घिमिरे, जिवन बन्जाडे, मोहन पिएस, कार्यालय प्रमुख कृष्णप्रसाद भट्टराई, भलाई कोषका सचिव बिजेश न्यौपाने लगाएतले बसपार्कमा ब्यबस्थित पाकिङ्ग, सहज बिमा सुबिधा, सहकारीको प्रभावकारिता, ब्यबसायिक एकता लगाएतका बिषयमा चर्चा गर्नुभएको थियो ।

