बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे खेल सुरु हुनेछ ।
दुवै टोलीका लागि यो खेल फाइनल प्रवेशको महत्त्वपूर्ण अवसर हो । जित हात पार्ने टोलीले फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनीसँग पराजय व्यहोरेको थियो । सुदूरपश्चिम र चितवन दुवै टोली आजको खेलमा जित निकाल्दै उपाधिनजिक पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

