रोटयाक्ट क्लब अफ तिनाउ सिटिको आयोजना हिले फुटबल प्रतियोगिता

मेचीकाली संवाददाता

१८ भाद्र २०७९, शनिबार
431 shares

बुटवल । रोटयाक्ट क्लब अफ तिनाउ सिटिको आयोजनामा हिले फुटबल प्रतियोगिता भएको छ । रुपन्देहीका विभिन्न १६ बटा क्लबको सहभागिता रहेको उक्त खेलमा रोट्याक्ट क्लब अफ शुद्धोधन प्रथम भएको छ । रोटयाक्ट क्लब सैनामैनालाई १÷० ले पराजित गदै रोट्याक्ट क्लब अफ सुद्धोधन प्रथम भएको हो । रोट्याक्ट क्लब अफ सैनामैना उप बिजेता भएको छ ।

प्रथम हुने रोट्याक्ट क्लब अफ शुद्धोधन क्लवले नगद ११ हजार १ सय ११ सहित मेडल कफ र प्रमाण पाएको छ । उप बिजेता रोटयाक्ट क्लब अफ सैनामैनाले ५ हजार ५ सय ५५ रुपैया सहित मेडमल र प्रमाण पत्र प्राप्त गरेको छ ।कार्यक्रममा बोल्दै लुम्बीनि प्रदेश खेलकुंद बिकास परिषदका अध्यक्ष जयप्रकाश भट्टराईले रोट्याक्ट क्लवहरुले सामाजिक क्षेत्रमा र खेलकुदको क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए ।

क्लबले हिले फुडबल जस्तो नयां फरक खालको खेल खेलाएर छुट्टै पहिचान बनाउन सफल भएको बताउदै रोट्याक्ट क्लब अफ तिनाउ सिटिलाई धन्यबाद ब्यक्त गरे । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष मनोरथ अर्यालले क्लबको बार्षिक कार्ययोजना अनुसार कार्यक्रम आयोजना गरिएको बताए । खेलकुदको माध्यमबाट पनि समाज परिवर्तनसँगै युबाहरुलाई लाग्न प्रेरणा मिल्ने बताए ।