पार्टी र मतदाताको शिर निहुरिन दिन्नः लिला गिरी

मेचीकाली संवाददाता

१४ कार्तिक २०७९, सोमबार
502 shares

बुटवल । नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्रनम्बर २ क बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार लिला गिरीले विगतमा आफू सरकारमा हुंदा सुरु गरेका योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारीरहेको बताएका छन् । यसअघि आफु प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बुटवल र तिलोत्तमा क्षेत्रका एकदर्जन बढि सडक तथा पार्कहरुको स्तरोन्नती र निर्माण गरेको उल्लेख गर्दै बांकि रहेका कतिपय कामलाई अबको कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाए ।

अखिल नेपाल महिला संघ तिलोत्तमा–१ शंकरनगरको भेलालाई सोमबार सम्बोधनगर्दै नेता गिरीले भने–‘एमालेकै पहल र अगुवाईमा धागो कारखानादेखि योगिकुटीहुंदै मगरघाट सम्मको सडकको स्तरोन्नतीको काम भईरहेको छ, शिवचोकदेखि प्रेमनगरजाने सडक, शंकरनगरको पुरानो सडक, शिवपुर सडक, सारदास्कुलदेखि तपाहा लाईनको सडक,बनबाटिका लगायतका सडकको स्तरोन्नतीको काम पनि हाम्रै अगुवाईमा भईरहेका छन्, अब बाँकि रहेका कामपनि हाम्रै अगुवाईमा अगाडी बढ्ने छन् ।’

गिरीले जनताले चाहना गरे अनुसारका सबै काम एकैपटक गर्न नसकेपनि गरेका काममा ईमान्दारीपूर्वक र मतदाताको शिर निहुरिन नदिने गरि गरेको दावी गरे। ‘मअहिले जहाँ छु एमाले र एमालेका कार्यकर्ताका कारण छु, अहिलेसम्म आफ्नो, पार्टीकोर कार्यकर्ताको शिर निहुरिने गरि कुनै काम गरेको छैन र भोलिपनि त्यस्तो कुनै कामहुने छैन।’ गिरीले भने । नेता गिरीले जनप्रतिनिधि हुने व्यक्ति जनताको समस्या ध्यानपूर्वक सुन्नसक्ने र समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताए ।

कार्यक्रममा एमाले नेता एवं क्षेत्र नं. २ क का निर्वाचन परिचालन कमिटीकोसंयोजक गोपाल भट्टराईले सत्ता गठबन्धनका कारण मुलुक पश्चगमनतर्फ जाने खतरा रहेको औंल्याउँदै मुलुकको अग्रगमन र दिगो विकासका लागि एमालेको जित अनिवार्य रहेको बताए ।
भट्टराईले केपी ओली नेतृत्वको सरकारले अगाडी सारेका विकासआयोजनाका काम पुरा हुंदा र राष्ट्रियता बलियो हुंदा एमाले बलियो हुन्छ भन्ने डरमा गठबन्धन रहेको बताए ।

निर्वाचन अनुगमन समितिका संयोजक टिकाराम घिमिरेले अहिलेको निर्वाचन केबल निर्वाचनमात्र नभई देशको समृद्धि चाहने र जसरी पनि सत्तामा चाहनेहरुको बीचको लडाई भएको उल्लेख गर्दै जनताले देशको समृद्धि चाहने एमालेलाई रोज्ने दावी गरे ।
अनेमसंघका वडा कमिटी अध्यक्ष कमला ज्ञवालीको अध्यक्षता तथा भूमिका गौतमको संचालनमा सम्पन्न भएको कार्यक्रममा एमाले नेताहरु केशवराज न्यौपाने तामानाथ पाण्डे, देवी वाग्ले लगायतले एमालेलाई जिताउने गरि लाग्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।