विजय टोल विकास संस्थाद्वारा क्यालेण्डर विमोचन

मेचीकाली संवाददाता

१८ चैत्र २०७९, शनिबार
140 shares

बुटवल। बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित विजय टोल विकास संस्थाले नयाँ वर्ष विसं. २०८० सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार संस्थाका अध्यक्ष यमप्रसाद गैरेको अध्यक्षता, धुव्र थापाको प्रमुख आतिथ्यता तथा जनप्रतिनिधि कृण सुनारको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । साथै कार्यक्रममा हरिकला गौडेल, होमबहादुर आले, जीतगढी टोल विकास संस्थाका अध्यक्ष मोहन गौडेल, झोलङ्गे पुल टोल विकास संस्थाका पिताम्बर भण्डारी, शान्तिचोक टोल विकास संस्थाका अध्यक्ष माया बेल्बासे, पाणीनी उद्यान जीतगढीका अध्यक्ष ऋषीराम आचार्यलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका आन्तरिक लेखा संयोजक पुनाराम घिमिरेले कार्यक्रमका विषयमा जानकारी गराए । प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरे । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वडा कार्यालय र उपमहानगरपालिकाको क्यालेण्डरमा राख्नुपर्ने महत्वपूर्ण सूचनाहरु समाबेश गरेकोमा संस्थालाई धन्यवाद दिए ।

संस्थाका अध्यक्ष गैरेले क्यालेण्डरमा वर्षभरिमा गर्ने कामहरु उल्लेख गरिएको बताए । साथै उनले संस्थालाई नमुना बनाउन सबैको साथ आवश्यक पर्ने बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरे । साथै उनले नयाँ वर्षको शुभकामना दिँदै आगामी कार्ययोजनाअन्तर्गत विजय टोलका सम्पूर्ण सदस्यहरुको नामवली यही चैत ३० सम्म दर्ता गर्न आग्रह गरे । संस्थाका उपाध्यक्ष मञ्जु पौडेलको स्वागत तथा धुव्र सापकोटाको सञ्चालनमा कार्यक्रम भएको हो ।