दुई लाख सत्तरी हजार बराबरको काठ बरामद

मेचीकाली संवाददाता

५ बैशाख २०८०, मंगलवार
196 shares

बसन्ती आचार्य

कपिलवस्तु । दुई लाख सत्तरी हजार रुपैंया बराबरको काठ बरामद गरी सव डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित भदुई गाउँमा प्रहरी चौकी बेदर्मी बाट खटिएको प्रहरी गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा बैशाख ५ गते ३ बजे उक्त काठ बरामद गरेको हो ।

लुकाई छिपाई राखेको सिसौ जातको १३ गोलीया काठ बरामद गरी अन्दाजी मुल्य २ लाख ७० हजार बराबरको काठका गोलियाहरु आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय ठाकुरापुर पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिनुभयो ।