पहिलो पाइला नेपाल बुटवलको अध्यक्षमा बश्याल

मेचीकाली संवाददाता

३१ बैशाख २०८०, आईतवार
446 shares

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाको तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा बिनोद बश्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा सन्तोष बञ्जाडे, गोमा भट्टराई, सचिवमा राजन अधिकारी, सहसचिबमा मनिष खनाल, खनाल केशव, कोषाध्यक्षमा सन्तोष कसी, सहकोषाध्यक्ष्माा नरेश न्यौपाने निर्वाचिन भएका छन् । यस्तैगरी सदस्यहरुमा गौरब खनाल, सुवास भट्टराई, निर्मल बेल्वासे, श्यामसुन्दर ठाकुर र विकास पौडेल निर्वाचिन भएका छन् ।

बुटवलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आफ्नो कार्यकालमा ७३ वटा कार्यक्रमहरु भएको जानकारी गराए । जसमा भाग्य बोक्ने झोला वितरण, न्यानो माया अभियान, सेनेटरी प्याडल बितरण, रक्तदान कार्यक्रम, नगदी खाम अभियान, सरसफाइ कार्यक्रमलगायतका कार्यक्रमहरु गर्न सफल भएको उनले बताए । सम्पूर्ण सहयोग दाता, शुभचिन्तकका कारण आफू र आफ्नो टिम सफल भएको बताउँदै संस्थाले नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची गरी लुम्बिनी प्रदेशका छ जिल्लामा कार्यक्रम गर्न सफल भएको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मरासिनीको अध्यक्षता, पहिलो पाइला नेपालका केन्द्रिय अध्यक्ष निराजन धमलाको प्रमुख आतिथयता, संस्थाका निवर्तमान अध्यक्ष आयुष पौडेल, बिनोद महत, बाबुराम बञ्जाडे, कृष्ण चौहान, शालिक भुषालको विशिष्ट आतिथ्यता, सल्लाहकार ठाकुर गौरे, गंगाधर न्यौपाने, खुबिराम आचार्य, सुदन ज्ञवाली, कृष्ण राउत, रन्जित दनै, मिहिर कर्न, राजिव खनाललगायतको आतिथ्यता रहेको थियो । संस्थाकी उपाध्यक्ष लक्ष्मी केसीको स्वागत तथा सचिव गोमा भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।