एसियाली खेलकुदः क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने

मेचीकाली संवाददाता

१५ आश्विन २०८०, सोमबार
234 shares

काठमाडौं । चीनमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ।

आज भएको ड्रमा नेपालको अन्तिम आठमा भिडन्त भारतसँग हुने तय भएको हो। नेपाल र भारतबीचको खेल भोलि हुनेछ। अन्य क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तानरहङकङ वा श्रीलंकारअफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ।

वरीयताका आधारमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै क्वार्टरफाइनलमा पुगेको थियो।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको थियो।

एसियाली खेलकुदको क्रिकेटमा भारतले सिनियर टिम पठाएको छैन। यद्यपी रुतुराज गायकवाडको कप्तानीमा रहेको भारतीय टिममा आइपिएलमा चलेका स्टार खेलाडी छन्।

टिममा यशस्वी जैशवाल, अर्शदिप सिंह, शिभम् दुवे, वासिङटन सुन्दर, रिंकु सिंह, तिलक बर्मा लगायतका खेलाडी छन्।