निजामती कर्मचारी दिवसमा उत्कृष्ट कर्मचारीलाई सम्मान

मेचीकाली संवाददाता

२३ भाद्र २०७८, बुधबार
479 shares

पार्बती आचार्य
कपिलवस्तु। जिल्ला मालपोत कार्यलय कपिलवस्तुले निजामती दिवसको अवसरमा उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गरेको छ । जिल्ला भुमिसुधार कार्यलय कपिलवस्तुमा बिगत २६ वर्ष देखि कार्यारत बोधिराम पौडेललाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नं. ६ भग्लापुर निवासी पौडेल भुमिसुधार कार्यलय कपिलवस्तुमा बि.स. २०४६ सालमा करारमा नियुक्त भएका थिए । २०४८ सालमा कार्यालको निजामती कर्मचारीका रुपमा थाही रूपमा नियुक्ति भएका थिए ।

जिम्मेवारी प्राप्त गरे देखिनै उच्च कार्य सम्पादन गरेको भन्दै निजाकर्मचारी दिवस अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारी जेष्ठ कर्मचारीका रूपमा ईमानदार र कर्म निष्ठा पुर्वक कार्य गरेको भन्दै जिल्ला मालपोत कार्यालयका प्रमुख ऋषिराम पौडेलले सम्मान गरेका थिए । सम्मान गर्दै प्रमुख पौडेलले बधाई सहित आगामि दिनमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै सम्मान ग्रहण गर्दै बोधिराम पौडेलले यो सम्मानले थप हौसला र उर्जा मिलेको भन्दै आगामि दिनमा उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सम्मान कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका अध्यक्ष बिष्णु प्रसाद मौर्य, कार्यालयका कर्मचारीहरु लगाएतको सहभागिता रहेको थियो ।