मिलन गाहा
पुने (भारत) । १७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पीयन बनेको छ । कुल ३७ पदक सहीत भारत ले २२ स्वर्ण १० रजत र ५ कास्य पदक सहीत गत बर्षको च्याम्पीयन नेपाललाई पछाडी पारेको छ ।
यस बर्ष १८ स्वर्ण ७ कास्य र २ रजत सहीत नेपालले २७ पदक जित्न सफल भएको हो । बिजेता खेलाडीले ट्रफी सहीत मेडल र प्रमाणपत्र प्राप्त गरे। यो पदकहरु काता र कुमीतेमा प्राप्त गर्न सफल भएको हो । त्यस्तै तेश्रो स्थानमा चित्त बुझाएको श्रीलंकाले १५ स्वर्ण ६ कास्य र ५ रजत सहीत २६ पदक प्राप्त गर्न सफल भयो । प्रतियोगितामा सहभागी खेलाडीहरूले काता र कुमिते विधामा प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीहरूले शील्ड, कप, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजनामा तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा आयोजना गरिएको हो । गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न राष्ट्रबीच भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ । हालसम्मको प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्दै अग्रता बनाइरहेको उनले बताए ।
नेपालतर्फबाट प्रतियोगितामा २२ खेलाडी (११ महिला र ११ पुरुष), विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । टोलीका अफिसियलका रूपमा बसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहा सहभागी रहेका छन् ।
महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज बोहरेले बिजेता खेलाडीलाई पदक प्रदान गरेको हो । प्रतियोगितामा करिब ४७० खेलाडीले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीको प्रतीनीधीत्व सियान काजी रानाले गरेका थिए । दुईदिन सम्म चलेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका खेलाडीहरूको सहभागिता रहेको थियो ।
