टी–२० विश्वकप क्रिकेट: नेपाल इङ्ल्यान्डसँग भिड्दै

मेचीकाली संवाददाता

२६ माघ २०८२, आईतवार
11 shares

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो । यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल र इङ्ल्यान्ड पहिलोपटक भिड्दैछ्न । टी–२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ । त्यस्तै इङ्ग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।