खेलकुद देशको शिर र अर्थव्यवस्थासँग जोडिएको छ: सांसद पन्थी

मेचीकाली संवाददाता

१७ कार्तिक २०७८, बुधबार
641 shares

पार्बती आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले खेल स्वास्थ्य र अनुशासन मात्र नभई देशको अर्थतन्त्रसँग जोडिएको बताएका छन् । बाणगंगा नगरपालिका वडा नं. ५ वडा कार्यालयद्धारा आयोजित तेस्रो वडा स्तरिय क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद पन्थीले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पन्थीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

खेलकुदको विकासका लागि अभ्यास अपरिहार्य रहेकाले खेलकुदका क्षेत्रमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएको बताए । उनले प्रत्येक वडामा एक÷एक वटा कभर्ड हल निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकारसंग पहल गरिरहेको बताए । ४ बर्षको अन्तरालमा वडा नंं ५ मा धेरै परिवर्तन भएको भन्दै अब जहदी÷बुंङ्चीको सडक खण्डलाई डबल लेनमा रुपान्तरणका लागि पहल भईरहेको हुँदा भन्दै यस बर्ष काम अगाडि बढ्ने दावि गरे ।

सांसद पन्थीले विश्वका धेरै देशहरुको शिर अहिले खेलकुदको माध्यमबाट उचो भएकाले यस तर्फ जनप्रतिनिधिहरु चनाखो हुन आवश्यक रहेको बताउँदै वडास्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताले खेलाडीहरुको क्षमता विकास हुनुका साथै हौसला समेत बढ्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष भिष्मराज भूषालले वडाले हरेक बर्ष जस्तै यसबर्ष पनि क्रिकेट प्रतियोगिता आयोजना गरेको बताए । उनले वडाले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र भौतिक निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

खेल संयोजक लोक बहादुर थापाको अध्यक्षता, वडा सचिव दिपक पाण्डेको स्वागत मन्तब्य तथा बिष्णु अधिकारीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, स्थानियहरुको उपस्थितीमा उद्घाटन समारोह सम्पन्न भएको थियो । प्रतियोगितामा ७ वटा टिमको प्रतिस्पर्धा हुने छ । खेल कार्तिक २३ गतेसम्म चल्ने वडा कार्यालयले जनाएको छ ।