जिसन नवलपरासीको १९ औं अधिवेशन

मेचीकाली संवाददाता

२३ फाल्गुन २०७८, सोमबार
547 shares

बुटवल । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल (जिसन) नवलपरासीको १९ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । जिसनका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता, तथा पूर्वअध्यक्ष एंव सल्लाहकार यामबहादुर थापाको प्रमुख आतिथ्यतामा रूपन्देहीको तिलोत्तमा स्थित कुञ्जलापुरमा कार्यक्रम भएको हो । जिसस पूर्वी र पश्चिम नवलपरासीका संस्थागत विद्यालयहरुको संगठन हो ।

सो अवसरमा बोल्दै अध्यक्ष रौनियारले कोरोना महामारीले संस्थागत विद्यालयहरुले ठूलो मारमा परेको बताए । महामारीले रोकिएका कार्यक्रम र योजनाहरु समयमै पूरा गर्न प्रयासरत रहेको बताए । अध्यक्ष रौनियारले जिसनमा आबद्ध सबैको स्वास्थ्य बीमा गरिएको बताए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष इन्द्रबहादुर गुरूङ जिसनमा आबद्ध विद्यालयहरुको नतिजा जिल्लामै उत्कृष्ट रहेको बताए । उनले प्याब्सनमा आबद्ध विद्यालयहरु मात्रै जिसनको सदस्य बन्न पाउने बताए । जिसनका वरिष्ठ उपाध्यक्ष मोहनसिंह बाकबलले जिसनमा ४६ विद्यालय आबद्ध रहेको बताए । संघका १७ हजार विद्यार्थी र १६ सय शिक्षक कर्मचारी आबद्ध रहेका छन् । ४६ वटै विद्यालयमा एउटै पाठ्यक्रम लागू गरिएको छ ।

कार्यक्रममा जिसनका पूर्वअध्यक्ष धनराज चापागाईं, कृष्णप्रसाद आचार्य, दीपक पौडेल, थम्मन शेरचन, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्वअध्यक्ष हरिप्रसाद अर्याल, पुस्तक व्यवसायी यामलाल लोहनी, रामकृष्ण चापागार्इं, बालकृष्ण भण्डारी, जिसनका सचिव दीपक पौडेललगायतले बोलेका थिए ।