शुद्धोधनमा विपद् पूर्वतयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम

मेचीकाली संवाददाता

२७ फाल्गुन २०७८, शुक्रबार
532 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजना तथा अर्किङ मल्टी सर्भिस कल्दल्टेन्ट एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालि बुटवलको आयोजनामा विपद् पूर्वतयारी तथा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि गाउँपालिकाका सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए । विपद् भनेर होइन एक्कासि आउने भएकोले सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरे । उक्त कार्यक्रममा गाउँपालिकाभित्रका जनप्रतिनिधि, गाउँ पालिकाका विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारलगायतलाई विपद् सम्बन्धी समस्या पूर्वतयारी, रोकथाम, न्यूनीकरण, समाधानको उपायबारे विपद् व्यवस्थापन विज्ञ विवेकसिंह डकुरीले जानकारी गराएका थिए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिष्ट अतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागत र खानेपानी तथा सरसफाइ विपद् शाखाका प्रमुख केशवराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।