कन्चनमा प्रगतिशील मोर्चाद्वारा संयुक्त रूपमा उम्मेदवार घोषणा एवं प्रतिबद्धता सार्वजनिक

मेचीकाली संवाददाता

११ बैशाख २०७९, आईतवार
437 shares


तुलसीराम पौडेल
रुपन्देही , बैशाख १०
रुपन्देहीको कन्चन गाउपालिका अन्तरगत स्थापित प्रगतिशील मोर्चाले संयुक्त रुपमा रूपमा उम्मेदवार घोषणा एवं प्रतिबद्धता सार्वजनिक गरेको छ। मोर्चाले शनिबार पत्रकार सम्मेलननको आयोजना गरि बैशाख ३० गते हुने निर्वाचनमा कन्चन गाउँपालिका अध्यक्षमा दिपक पौडेल र उपाध्यक्षमा ओमबहादुर थापाको उम्मेद्बारी घोषणा भएको छ।त्यसै गरी गाउँपालिकाको वार्ड नं. १मा पुर्ण सिङ सुनार,वार्ड नं.
२ मा गङ्गाधर शर्मा पौडेल वार्ड नं. ३मा मनिराम सापकोटा,वार्ड नं. ४मा गिरबहादुर थापा र
वार्ड नं. ५ मा दुर्गाबहादुर थापाले वडा अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएका हुन।पत्रकार सम्मेलनमा बोल्दै
प्रगतिशील मोर्चा कञ्चन गाउँपालिका संयोजक लक्ष्मी कान्त पौडेलले स्थानीय निकायमा हुने गरेका अनियमितता,भष्ट्रचार अन्त्य गर्दै समृद्ध कञ्चन गाउँपालिका निर्माणका लागि आफुहरुले मोर्चामार्फत स्वतन्त्र उम्मेद्बारी दिएको बताए। आफुहरुले कञ्चननको समग्र र समुन्नत विकासका लागि खाका सहित योजना निर्माण गरेकाले पालिका वासीले मोर्चाका स्वतन्त्र उम्मेदवारलाई विजय गराउने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय निर्वाचनमा आफ्ना प्रतिनिधिको विजय भएमा कञ्चनको मुहार फेरिने जिकिर गर्नुभयो ।
मोर्चाले शिक्षा,स्वास्थ्य,सरसफाइ,कृषि,उद्योग,खेलकुद,भौतिक निर्माण,पर्यटन लगायतलाई समेट्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
प्रतिबद्धतापत्रमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने संवैधानिक अधिकारलाइ लागू गर्दै विभिन्न नाममा रकम लिनुपर्ने अवस्थाको अन्त्य गर्ने,कृषी शिक्षाको ब्यवस्था मिलाउने,महिनाको एकपटक जनप्रतिनिधिको नेतृत्वमा सरसफाइ अभियान चलाउने,किसानको जग्गाको माटाको निशुल्क ल्याब टेष्ट गरि सोहि अनुरुपकै उत्पादनमा जोड दिने,कोल्ड स्टोरको ब्यवस्था गर्ने ,जिल्ला स्तरिय खेलाडी निर्माणमा जोड दिदै पालिका भित्र रहेका प्रतिभाको खोजी गरि प्रोत्साहन गरिने, प्रत्येक वडामा पार्कको निर्माण गरिने, आवश्यकता अनुरुप सडक पुल निर्माण गरिने, लुम्बिनी सङ्गको सम्बन्ध कायम हुनि गरि कञ्चनलाइ पर्यटन क्षेत्रमा लगानी गरिने,दानापुर ताललाइ थप आकर्षण बनाइने,जनप्रतिनिधि तथा कर्मचारी उद्घाटन,सिलन्यास जस्ता कार्यक्रममा लाम लागेर जाने परिपाटीको अन्त्य गरिने,मिटर ब्याज र गरिब जनतालाई उठिबास लगाउने वित्तीय सस्था बन्द गर्दै जनतालाई सहकारीकरण गरिने लगायतका प्रतिबद्धता सार्वजनिक गरेको हो।