लक्ष्मणघाट माविको नतिजा प्रकाशन

मेचीकाली संवाददाता

२२ बैशाख २०७९, बिहीबार
380 shares

बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका–६ लक्ष्मणघाटस्थित लक्ष्मणघाट माध्यमिक विद्यालयको अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रमका बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा लक्ष्मणघाट सामुदायिक बनका अध्यक्ष खडगबहादुर थापा, नेपाली कांग्रेस सभापति अनिल पाण्डे, नेकपा एमालेका अध्यक्ष नमनारायण उपाध्याय, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष झगरू थारूलगायतले बोल्दै शिक्षा जिवनको ज्योति भएको गुणस्तरीय शिक्षा प्रदान गर्न अब बन्ने स्थानीय सरकारले विद्यालयलाई कृषि शिक्षा लागू गर्नुपर्ने र दिगो स्रोत व्यस्थापन गर्नुपर्नेमा जोड दिए ।

आफूहरूले पनि आ–आफ्ना क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासहित विद्यालयको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । अवसरमा विद्यालयले कक्षामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्तीर्ण सम्पूर्ण बिजेताहरूलाई स्टेशनरी सामग्री बितरण गरेको थियो ।

विभिन्न समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको कार्यक्रम विद्यालय व्यस्थापन समितिका अध्यक्ष हुमनाथ भट्टराईको अध्यक्षता बाणगंगा नगरपालिकाका निवर्तमान शिक्षा उपसचिव बाबुराम भट्टराईको प्रमुख आतिथ्यता, बेचु थारू, इलाका प्रहरी कार्यालय कोपवाका प्रमुख पोमप्रसाद भुसाललगायतको विशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रम शिक्षक मधु पोख्रलको स्वागत र सहायक प्र.अ. चेतनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।