वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता तालिम

मेचीकाली संवाददाता

२८ असार २०७९, मंगलवार
293 shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ र ८ का बिभिन्न स्थानमा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता तालिम सम्पन्न भएको छ ।

कृषि विकास बैंक लिमिटेड पर्रोहा/मुर्गीया शाखाको सहयोग र साना किसान कृषि सहकारी संस्था दुधराक्षको सञ्चालनमा तालिम सम्पन्न भएको हो । साना किसान कृषि सहकारी संस्थाका तीनवटा समुहलाई तालिम सञ्चालन गरिएको प्रशिक्षक शिरा पाण्डेले बताइन् ।
सैनामैना ८ भड्छामा एकवटा र सैनामैना ७ आमीमा दुईवटा समुहलाई २१ घण्टे २२ दिन तालिम सञ्चालन गरेको उनले बताइन् । साना किसान कृषि सहकारी संस्था दुधराक्षका अध्यक्ष सरस्वती पाठकको अध्यक्षता, कृषि विकास बैंक लिमिटेड पर्रोहा शाखा प्रमुख भोजराज भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा कृषि विकास बैंकका रितु खनाल, साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक कृष्ण बहादुर राना, कर्मचारी विष्णुमाया गौतम, सञ्चालक समिति सदस्य मोहमद प्रसाद थारु, गुणनिधी अधिकारी, रिता अर्मजा र सदस्यहरुको उपस्थीति रहेको थियो ।कार्यक्रममा कृषि विकास बैंकका प्रमुख भोजराज भण्डारी, कृषि विकास बैंकका रितु खनाल, अध्यक्ष सरस्वती पाठक लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रम प्रशिक्षक शिरा पाण्डेको सञ्चालनमा भएको थियो ।