पियन मोहनको अवकास !

मेचीकाली संवाददाता

४ श्रावण २०७९, बुधबार
533 shares

पाल्पाको रिब्दिकोट गाउँपालिका अगाडी करार कर्मचारी अवकाश बिरोध कार्यक्रममा निन्याउरो मुख लगाएर उभियको बुडो अस्तिसम्मको पियन महनलाल श्रेष्ठ (मोहन) लाई देखँे । अनि बिगत सम्झे आजभन्दा करिब ५० वर्ष अगाडी जस्तो लाग्छ उनि र म एकै स्कुल कुसुमखोलामा पढ्थ्यौँ । आस्थाको आधारमा होइन पैसाको आधारमा प्रतिस्पर्धा गराउँदा महिनाको ५ सय रुपैयाँ सबभन्दा कम खानेगरी मोहनलाइ ३० वर्ष अगाडी गाविसको पियनमा नियुक्ति गरेको सम्झना ताजै छ ।

हामीले २०५२ मा बिहान पढाइ गर्ने गरि ११, १२ को पढाइ सुरु ग¥यौँ । पश्चिम पाल्पामा पहिलो पटक बिहानको लागि सहयोगी चाहिने भएकोले मोहन लाई थप सायद १००० दिने गरि बिहानमा काम लगाउने गरियो हामीले गाविस लाइ हालको गाउपालिका रहेको जमिन २५ रोपनी जति ब्याक्तिसँग घर समेत किनियो अब यसको देखभाल गर्ने जिम्मा पनि मोहनमा थपियो । स्कुललाई पनि यो जग्गाबाट केहि जग्गा दिइयो र भबन बन्न सुरु भए, मोहन सामान्य काठ र गारोको मिस्त्री पनि भएकोले भवन बन्दा उनलाई दिनमा स्कुल हेर्दै ज्यालामा काम पनि गर भने र गरे ।

यो क्रम चली रह्यो म ०५४ मा पुनः अध्यक्ष भएँ मोहनको तलब १ हजार थपेर २५ सय भएको जस्तो लाग्छ । ०५९ साल सम्म कार्याअवधी सकियो म आफ्नो काममा लागे । गाविस हामीले किनेको पुरानो ब्यक्तिको घर हँुदै नयाँ बनेको खस्यौली गाबिस भबन हालको सानो गाउँपालिका भवनमा सर्यो समयले मलाई ०७४ मा फेरी खस्यौलीको वडा अध्यक्ष बनायो, मोहन वडाको पियन तलब स्कुल र वडा गरि ४ हजार । वडाका फाइल र स्कुलका फाइल रजिस्टर कुन बिषय र कहाँ छन् कण्ठ थियो । स्कुलमा झ्याल ढोकामा फुस्केका चुकुल, पानीका पाइप, खुर निशुल्क कस्ने देखि सारा रेखदेखको जिम्मा, गाउँपालिका स्थापना भएपछी वडा र गाउँपालिका हेर्ने गरि प्रमुख पशासकिय अधिकृत सरसँग सल्लाह गरि उनको तलब नयाँ करारका नियुक्ति सरह काम लगाईयो ।

अरु सहयोगीका आफ्ना आफ्ना फाट थिए हालका सहयोगी बीरबहादुर गाउँपालिका नआउँदा सम्म जे काम परेपनि मोहन भनिन्थ्यो र गर्थे पनि । बिहान ७ बजे देखि साँझ ८ बजे सम्म काम छ मोहन बस हस, पर्सिको गाउँसभालाई खसी चाहियो मोहन हस म ल्याउछु । मेरो कार्यकाल सकिने बेला एक दिन सोधेको थिएँ मोहन अब तिम्रो जागिर खाने उमेर कति छ ? नागरिकता अनुसार अझ १८–२० महिना बाँकँ छ ।
आज मैले छोडेको दुई महिना पछी मोहनको नाम अबकासको सुचिमा देखे र हसिलो मोहनको मुहार मलिन देखेँ । मेरो कार्याकालभरी कुनैदिन मोहनसँग राजनैतिक आस्थाको कुरा गरिन । आज सोच्दै छु मोहन आफ्नो युवा उमेर यही गाउँपालिकाको संरक्षक भएर बितायो, तोकेको तलब पनि कहिल्यै समयमा पाएन गाउँपालिका नहुँदासम्म ाजिर हुन अध्यक्षको दुकानमा पुग्नुपर्ने मोहन अहिले ठुलो गाउँको शिंहदरबारको ढोकामा कुर्ची हालेर बसेको देखिन्थ्यो र उनले अफिस आउने जानेलाइ बिषय सोधीसोधी कोठा नम्बर बताई दिन्थे ।

हाकिम र वडाका प्रतिनिधि र कर्मचारीको ख्याल राख्दै थियो । हो बुडो र पुरानो भएकोले सबारी साधन चलाउन सक्थेन र युवा भन्दा थोरै सुस्त हुँदोहो तै पनि पोहरको कोरोनामा नडराई सेम्पल कलेक्सन र बिषादी स्प्रे गर्ने काम सक्रियता साथ गरेको हो आफै पोजेटिभ पनि भएको हो । थोरै समय बाँकी हुँदो हो त्यती पुरा गरेर भोलिबाट उमेरले गर्दा तपाईलाइ बिदा भनेर रातो अबिर सहित एक ढाका टोपीमा पुरानो पियनको सम्मान सहित बिदा गरेको भए गाउँपालिकाको के जानथ्यो र ? रातो अबिरसँग कति खुसि हुदै जान्थे होला । ३१ गते कार्यालय आएको मानिसलाई साउन १ गतेबाट हटाइयो ।

अब कार्यालय जान पर्दैन भन्दा परिवारले के सोचे होलान् । मन कस्तो भयो होला बुडो मानिस बिरोधको ब्यानर मुनि उभिएर तस्बिर खिचाउनु पर्ने समय अरु ब्यक्ति एमालेले नियुक्त गरेका भए । यस्तै हो के प्रतिस्पर्धा कम पैसामा जागिर खानु ३० औँ वर्ष आफ्नै सरह सरकारी सम्पतीको सुरक्षा गर्नु, आज सानो राजनैतिक बिचार धाराको परिवर्तनको सरकार आउँदा अपमान तरिकाबाट जागिरबाट हटाइनु समयको नियती । सबैलाइ शुभ होस्, हाम्रो सम्वृदिको को यात्रा अविरल रहनेछ । (रिब्दिकोट गाउँपालिकाका पूर्व प्रवक्ता विष्णु खनालको फेसबुकबाट ।)