झपेन्द्र जिसी
नेकपाका संस्थापक महासचिव पुष्पलालका मननीय विचार सिद्धान्त
१) पार्टी निर्माण र संचालनका लागि भारतीय वरिष्ठ कम्युनिस्ट नेता नृपेन्द्र चक्रवर्तीसंग केही आर्थिक सापटी माग्दा नृपेन्द्रले एक पटक भनेछन्—look here pushp! The question of few thausand is nothing for us.If you give we donot take it back..One thing you remember , if the people of Nepal unable to maintain your party, it is useless to have communist in Nepal .[ पुष्प! केही हजारको कुरो हाम्रो लागि ठूलो कुरो होइन। हामीले दियौं भने फिर्ता लिने पनि छैनौं । ध्यान दिनै पर्ने कुरो के हो भने नेपाली जनता पार्टीलाई हुर्काउन बढाउन तयार हुँदैनन् भने कम्युनिस्ट पार्टी गठन गर्नुको कुनै अर्थ हुने छैन।]
२) यो कुरोले पुष्पलाललाई खुबै छोएछ ।निकै घत परेछ।त्यसैले भारतीय कम्युनिस्ट पार्टीबाट प्राप्त हुँदै आएको मासिक रू ३६/- पुष्पलालले लिन इन्कार गरी पार्टी स्थापना र संचालनमा आफ्नै जनताको बलबुतामा भर परेको उल्लेख गरिएको छ।
३) स्मरण गरौँ, आफूलाई हेरौँ ,पटकपटक हेरौँ अहिले का कम्युनिस्ट पार्टीहरू विशेष गरी आफूलाई अब्बल दर्जाको कम्युनिस्ट क्रान्तिकारी भन्नेहरू कसरी चल्दै छन् ?
४)पुष्पलालद्वारा मस्यौदा गरिएको प्रथम पर्चा नं.१ २००६ बैशाख १२ गते (सङठक समिति नेपाल कम्युनिस्ट पार्टी) मा देहायबमोजिम नेपाल कम्युनिस्ट पार्टीको मूल मार्गदर्शक सिध्दान्त प्रकाशित छ–४-१)सामन्ती शासन व्यवस्थाको चकनाचुर गर।४-२)विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको प्रभाव र घेराउदेखि अलग होऊ।४-३)मजदुर किसानको शासन खडा गर । यस शासनमा साम्राज्यवादी र प्रतिक्रियावादीका दलाल्हरूबाहेक सबै शोषित जनतालाई हिस्सा देऊ।४-४)सोभियत रूस,दक्षिण पूर्वी युरोपका नव प्रजातन्त्रहरू रआजद चिनसंग राजनैतिक सम्बन्ध खड गर।४-५)समाजवादको लक्ष्य राखी शासन चलाऊ।यसैलाई नवप्रजातन्त्र/नयाँ जनवाद(New Democracy ) भन्दछन्।४-६)हामीलाई पनि यही चाहिन्छ।अतएव नवप्रजातन्त्र जिन्दावाद ।
५) प्रिय मित्रहरू!पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण गर्नु भएको छ।मातृप्रधान समाजको किताब लेख्नु भएको छ। प्रमुख दुश्मनको र प्रहारको निशान कहाँ हुनुपर्छ भनेर किटान गर्नु भएको छ। राणा शासन तन्त्रको अन्त्य राजाशासन तन्त्रको अन्त्य, निर्दलीयपंचायतको अन्त्यका लागि झण्डै तीन दर्जन पुस्तक र अनगिन्ती दस्तबेजहरू अगाडि सारेर वकालत गर्नु भएको छ।मार्गदर्शित प्रशिक्षित र दीक्षित गर्नु भएको छ। वर्गीय शत्रु र वर्गीय मित्रशक्तिको पहिचान गर्नु भएको छ। मूलराजनीतिक दुश्मन को राजपाट उन्मूलनका लागि त्यसका विरूध्द उभिने सबै राजनीतिक शक्तिहरूलाई गोलबध्द भई अन्दोलन गरौं भनेर संयुक्त मोर्चा र संयुक्त आन्दोलनको कार्यक्रम अगाडि सार्नु भएको हो।
तर, नेता बिपिले कम्युनिस्ट शक्तिसित मिलेर आन्दोलन गर्न सधैं इन्कार गरेकै कारण ऊबेला संयुक्त आन्दोलन हुन सकेन।जननेता मदनकुमार भण्डरीले पुष्पलालकै मार्ग दर्शनलाई आत्मसात् गरेर संयुक्त आन्दोलको कार्यक्रमलाई २०४६ साल भाद्र महिनामा सिराहमा आयोजित तत्कालीन नेकपामालेको चौथो राष्ट्रिय महाधिवेशनबाट अगाडि सार्नुभयो उता वरिष्ठ नेता गणेशमानसिंहले आफ्नो निवास क्षेत्रपाटी चाक्सीबारीमा भएको नेका भेलाबाट निर्दयलीय पंचायतको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना कि आह्वान गर्नु भयो। यसरी २0४६ सालको संयुक्त जन आन्दोलनले पंचायतको चिहान लायो।बहुदलीय प्रजातन्त्र को स्थापना भयो। (स्मरणीय छ २०६२/०६३को लोक आन्दोलन र लोकतान्त्रिक गणतान्त्रिक उपलब्धि पनि त) अर्थात् पुष्पलालबाट अग्रसारित संयुक्त आन्दोलनको नीति ले साकार रूप लियो। पुष्पलाल अमर रहून्।
६) मदनले नेतृत्व गरेको नेकपा माले र प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नेतृत्व गरेको नेकप मार्क्सवादी एकीकरण भइ नेकपा एमाले बनेको हो जुन पार्टी अहिले गणतान्त्रिक नेपालको लोकतान्तृकआन्दोलनको र कम्युनिस्ट आन्दोलन को मूल शक्ति र प्रवाह हो। पुष्पलालले अगाडि सार्नु भएको कार्यक्रम लाई जननेता मदनले नेपाली राजनीक आन्दोलनको चरित्र, नेपाली समाजको विशेषता को गहन एबं विशद अध्ययन विश्लेषण गरेर जनताको वहुदलीय जनवादी नीति सिध्दान्त र कार्यक्रम नेपाली राजनीतिक रङ्गमन्चमा प्रस्तुत गर्नु भयो। यसलाई २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशन ले पारित गरेको हो । तदुपरान्त आयोजित छैटौँ, सातौँ,आठौं नबौं दशौं राष्ट्रिय महाधिवेशनले वदलिंदो परिवेश अनुरूप थप आवश्यक विशेषताहरू समविष्ट गरेर थप सामयिक बनाउँदै आएको छ। जनताको वहुदलीय सिध्दान्त मूलतः पुष्पलालद्वारा अग्रसारित नयाँ जनवादी कार्यक्रमको विकसित र नवीन स्वरूपमा आएको नवीन विचा पनि हो,जसले अहिले समृध्द नेपाल सुखी नेपालीको अभियानलाई अघि सारेकोछ। समृध्दिमा समाजवाद निर्माण गर्ने लक्ष्य किटान गरेको छ।नेकपाको संस्थापन कालामा अग्रसारित कार्यक्रम को मार्गदर्शनलाई पच्छ्याएको छ तुलना गरी अध्ययन गरे सबै स्पष्ट हुनेछ।
७) दुखद पक्ष अहिले पनि नेपाल अरू पुँजीवादी पार्टीहरू झैँ सयौंको सङ्ख्यामा नभए पनि आफूलाई कम्युनिस्ट पार्टीका रूपमा प्रस्तुत गरिरहेका दर्जनभन्दा धेरै पार्टी छन्। पुष्पलालले संस्थपन कालमा प्रस्तुत गरेका नीति सिद्धान्त भन्दा विपरीत धारमा पुँजीवादी धारको पार्टीसंग गठबन्धन गरेर काँधमा काँध मिलाएर हिँड्दैछन्। यसखाले गठजोडले पुष्पलालले भने झैं समाजवादी लक्ष्य प्राप्ति हुने आधार देखिंदैन ।यसमा पद र पगरी प्राप्ती गर्ने नितान्त सत्ता स्वार्थले शासन गरेको प्रष्टै देखिन्छ । कम्युनिस्ट र गैरकम्युनिस्ट छुट्ट्याउन पनि सर्वसाधारण जनतालाई कठिन भैरहेको अवस्थ छ।
८) नेपालीमा सर्वहारा श्रमजीवी एबं मानवमुक्तिको मार्गदर्शक सिध्दान्त मार्कस एङगेल्स लिखित कम्युनिस्ट घोषण पत्र अनुवाद गरि प्रकाशित गर्ने नेकपाको संस्थापन २२ अप्रिल १९४९मा गर्ने महत्तम जिम्मेवारी पुष्पलालले नै पूरा गर्नु भएको हो। बीस १९८१मा रामेछाप को भंगेरीमा जन्मनु भएका पुष्पलाल को देहाबसान साउन ७ ,२०३५ मा हुन गयो। नेपाली क्रान्तिको सिध्दान्त निर्माण र पार्टी स्थापनामा उहाँले गर्नु भएको योगदान अविस्मरणीय छ।पार्टी संथापक महसचिव पुष्पलाल , संस्थापक सदस्यहरू नरबहादुर कर्माचार्य , निरञ्जन गोबिन्द वैद्य, नारायण विलाश जोशी र मोतीदेवी श्रेष्ठ प्रति भावपूर्ण सम्मान।