तनाव व्यवस्थापनका लागि जीवन पथ

मेचीकाली संवाददाता

१८ भाद्र २०७९, शनिबार
328 shares

पार्वती आचार्य
कपिलवस्तु । तनाव व्यवस्थापनका लागि श्रद्धा साधना केन्द्र बाणगंगा नगरपालिका–४ मा आनन्दित जीवनका लागि दुई दिने जीवन पथ कार्यक्रम सम्पन्न गरिएको छ । पथिक फाउण्डेसन रुपन्देही शाखाको आयोजनामा तथा योगेन्द्र मल्लको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा शुखमय जिवनको कला, तनाव तथा व्यक्तित्व व्यवस्थापन, कर्मको कुशलता तथा सम्बन्धको कला, सफलताको कला र सन्तुलित र सकारात्मक जीवनशैलीहरु सिकाइएको थियो ।

मानव जिवनलाई कसरी सुखी, शान्त, प्रशन्न र आनन्दीत जिवन बिताउन सकिन्छ भनेर सोको बाटो पत्ता लगाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । मानव जीवनमा इहलौकिक र पारलौकिक सुख चाहने भएको कुराहरु हजारौँ वर्ष अगाडिदेखि मानवहरुले खोजी गर्दै आएका छन् । सोही बिषयलाई पारदर्शी र सहज बनाउनका लागि पथिक फाउण्डेशनले यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको पथिक फाउण्डेसनका आचार्य सतनाम (ई.टोपेन्द्र खनाल) ले बताए ।

०६२ साल देखि कार्यक्रम जीवन पथ निरन्तर रुपमा काठमाडौंमा ध्यान केन्द्रमार्फत संचालन गरी देशको बिभिन्न जिल्लाहरुमा कार्यक्रम सञ्चालन गर्ने क्रममा कपिलवस्तुमा दुई दिने कार्यक्रमको संचालन गरी जिल्लाका २५ जना नागरिकहरुले लाभ लिएको कार्यक्रका संयोजक योगेन्द्र मल्लले जानकारी दिए ।

सहभागी गोमा उपाध्यायले कार्यक्रमले जीवनलाई कसरी चलाउन सकिन्छ भन्ने कुरा सिक्न र बुझ्न पाउँपा खुशी व्यक्त गर्दै सान्दर्भिक, ज्ञानवद्र्धक र आत्मैदेखि प्रफुल्ल भएको आफूलाई अनुभूति भएको बताइन् । सतिा क्षेत्रीले पथिकले आयोजना गरेको कार्यक्रमबाट धेरै कुराहरु सिक्न पाउँदा खुशी व्यक्त गरिन् । दिपेन्द्र भट्टराईले यस कार्यक्रमबाट जीवनमा आइपर्ने अनेकौँ संघर्षलाई ध्यान र शान्तिबाट सुख प्राप्ति हुने रहेछ भन्ने सिकाइ सिक्न पाएको बताए ।

जीवनको लक्ष्य भनेको समुन्द्र रहेछ भन्ने बिषयमा जानकारी लिन पाउँदा आयोजकलाई धन्यवाद दिए । डाँसीराम पौडेलले जीवनमा शरीरलाई फूर्तिलो बनाउन ध्यानयोग र भगवान्प्रति आस्था राख्नु आवश्यकता रहेछ भन्ने कुरा बुझिएको बताए ।
दुई दिने कार्यक्रममा पहिलो दिन सहभागिहरुको परिचय, ध्यान उत्सव कार्यक्रम भएको थियो भने दोस्रो दिन बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म योगासन, प्राणायाम, ध्यान, जीवनको खोज, तनाव व्यवस्थापन, उमंग ध्यान, योग निन्द्रा, क्रोध व्यवस्थापन र कर्मको कुशलतालगायतका बिषयमा सहभागिहरुबिच अन्तक्र्रियात्मक कार्यक्रम भएको थियो ।