बिमला वलीले लगाएका आरोप झुटा हुन्ः प्रमुख सचेतक ढकाल

मेचीकाली संवाददाता

२१ श्रावण २०७८, बिहीबार
1535 shares

बुटवल, साउन २१ । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद बिमला वलीले आफूमाथि अपहरण शैलीमा बुटवल ल्याएको भन्ने कुरा झुटटा रहेको दावी गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई भेटन जान्छु भनेपछि वली आफ्नै गाडीमै बसेर बुटवल ल्याइएको बताए ।

बिमला वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई भूमिश्वर ढकाल र दाङका एमाले नेता मानबहादुर राउतले बुटवल नजाने भन्दा भन्दै जवरजस्ती अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पु¥याएको बताइकी छिन् ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उहाँलाई कारवाही गर्न स्पष्टीकरणको पत्र काटेपछि म त्यो पत्र लिएर उहाँलाई बुझाउन दाङ गएको हुँ । पत्र हेरेपछि उहाँ ९बिमला० हुन्छ एक पटक मुख्यमन्त्रीलाई भेटछु । कुरा गर्छु भन्नुभयो ।’ ढकालले भने, ‘त्यसपछि सहमतिमै उहाँ मेरो गाडीमै बसेर बुटवल आउनुभएको हो । हामी दुई वटा गाडीमा आएका हौं । उहाँ मेरो गाडीमा बस्नुभएको हो । उहाँको दिदी र भिनाजुको भाई पनि सँगै बुटवल आउनुभएको हो । उहाँले लगाएको आरोप वाइघात हो ।’

‘हामी इमिलिया आएर सँगै खाना खायौ राजीखुसी उहाँ बुटवल आएर मुख्यमन्त्री कार्यालयमा गएको ढकालले बताए । उहाँलाई अपहरण गरेको भए त । मोबाइल कसरी हुन्थ्यो । सिम कार्ड खोसिन्थ्यो होला अपहरण होइन । उहाँले अनावश्यक राजनीतिक इस्यू बनाउनुभयो ।’