दसैंको ‘दस्तुर’

मेचीकाली संवाददाता

२८ आश्विन २०८३, बुधबार
5 shares

ओम बानियाँ

‘दसैं’ नेपालीहरुको महान् चाड हो । असुर शक्तिमाथि दैविक शक्तिको जीतको खुसीयालीमा यो चाड मनाउने परम्परा सुरु गरिएको भएता पनि अहिले नेपाली समाजमा यो चाड मिठो खाने, राम्रो लगाउने तथा ठुलाबढाबाट सुख र समृद्धिको आशीर्वाद लिने चाडको रुपमा स्थापित भएको छ । नेपाली समाजमा बडादसैंको ज्यादै महत्वपूर्ण पक्ष के भने यो चाड परिवारिक पुनर्मिलन र एकताको चाड भएको छ । त्यसैले त दसैंमा देशविदेशमा रहेका नेपालीहरु घर फर्किएर धुमधामका साथ दसैँ मनाउने गर्छन् । वास्तवमा नेपाली हिन्दुहरुको महान् चाड दसैंको आफ्नै समाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ ।

हुनेखाने परिवार, केटाकेटी तथा युवायुवतीहरुका लागि दसैंले जति रमाइलो लिएर आएको हुन्छ, सुकम्बासी, निम्न तथा निम्नमध्यम परिवारहरुका घरमुलीका लागि दसैंले दसैंखर्चको पिरोलो पनि लिएर आएको हुन्छ । यस्ता परिवारका घरमुलीलाई दसैं उम्काउन सजिलो हुँदैन । केटाकेटीहरुलाई लुगाफाटो, माछामासु तथा दक्षिणाका लागि दाम जम्मा गर्दा उनीहरुको तालुबाट पसिना झर्छ ।

हरेक वर्ष दसैंको मुखमा बाढीपहिरोका कारण घरवारविहीन भएका हजारौं मानिसहरुका लागि पनि दसैं दशा जस्तै हुन्छ । कसैले केही सहयोग गर्छ कि भन्ने आशामा नै उनीहरुको दसैं बित्छ । अधिकांश नेपाली परिवारहरुले दसैं मनाउन सरसापटी र ऋण नै लिने पर्ने हुन्छ । रुपन्देही साना कृषक बलराम गौतमले यसपालि पनि दसैं मनाउन साना किसान सहकारी संस्थाबाट रु.५० हजार रुपैयाँ ऋण लिएका छन् । चारजना छोराछोरीहरुलाई लत्ता कपडा, नातगोता धेरै भएकाले दस पन्द्र किलोको खसी चाहियो, त्यसमाथि दानदक्षिणा, बलरामलाई ५० हजार रुपैयाँमा दसैं उम्काउन हम्मे हम्मे पर्ने छ ।

ब्रेन बाइट्स


दशैं र टीका नेपाली समाजको संस्कृति, भावना र सम्बन्धसँग जोडिएका छन् । दशैंमा निधारमा रातो टीका, कानमा जमरा र ठुलाबडाको आशीर्वाद लिँदा मनमा छुट्टै खुसी पैदा हुन्छ तर के तपाईंलाई थाहा छ, यस्ता सांस्कृतिक परम्पराले हाम्रो ब्रेन र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छन् ? परिवारसँग भेटघाट गर्नु, आफन्तसँग रमाइलो गर्नु, बाल्यकालका सम्झनाहरू ताजा बनाउनु र आशीर्वाद प्राप्त गर्नुले खुसीसँग सम्बन्धित डोपामिन र अक्सिटोसिनजस्ता रसायनहरूको गतिविधिमा प्रभाव पार्न सक्छ । यसले आत्मीयता, अपनत्व र भावनात्मक सन्तुष्टि बढाउन मद्दत गर्छ तर दशैं केवल नयाँ लुगा लगाउने, मासु खाने र दक्षिणा पाउने पर्व मात्र होइन । यो सम्बन्ध सुधार्ने, मनका तिक्तता हटाउने र परिवारसँग समय बिताउने अवसर पनि हो । याद राख्नुहोस्, निधारको टीकाभन्दा मनको माया ठुलो हुन्छ र दक्षिणाभन्दा आत्मीयता मूल्यवान् हुन्छ । यसपालिको दशैंमा खुसी बाँडौँ, सम्बन्ध जोडौँ र आफ्नो मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ । किनकि स्वस्थ मनमै वास्तविक उत्सवको खुसी फुल्छ ।

यसरी देखासिकीमा हरेक वर्ष घरघरमा दसैंखर्च बढ्दै गएको छ । हुनत अर्थशास्त्रीय भाषामा खर्च गर्नु भनेको राष्ट्रिय उत्पादनमा वृद्धि हुनु हो तर समष्टिमा अनावश्यक फजुलखर्चले तत्लोवर्गका मानिसहरुलाई नै बढी प्रभावित पार्छ ।
हो, दसैं नेपालीहरुको महान् चाड हो । यस चाडलाई समाजिक सद्भावका साथ रमाइलोसँग मनाउनु हरेक नागरिकको अधिकार पनि हो । तर यसरी दसैं मनाइरहँदा आफ्नो आर्थिक अवस्था र स्वास्थ्य तथा सामाजिक मर्यादाको पनि ख्याल गर्नु नितान्त जरुरी हुन्छ । नत्र, दसैं दसा बन्न सक्दछ ।

कतिपय मानिसहरुले, नवयुवायुवतीहरुले, दसैंलाई मोजमस्तीको चाडरुपमा लिन्छन् । अध्याधिकरुपमा मद्यपान गर्ने, जुवातास खेल्ने तथा मापसे गरेर जोखिमपुर्ण तरिकाले सवारी हाँक्ने जस्ता कार्यहरु गर्छन् । हो, दसैंमा रमाइलो गर्नु राम्रो हो तर मोजमस्तीका नाममा यस्ता कार्यहरु गर्नु ठिक होइन ।

दसैंमा मासुका लागि जताभाविरुपमा अध्याधिक पशुहरु काट्ने गरिन्छ । हुनत मासु मानिसको प्राकृतिक तथा स्वाभाविक आहार होइन तर विश्वका बहुसंख्यक मानिसहरुले मासु खाने गर्छन् । नेपाली समाजमा त दसैंलाई मासु खाने चाडको रुपमा नै लिने गरिन्छ । त्यसैले ऋण लिएर भएपनि दसैंमा घरघरमा खसीबोका तथा रागहरु किनेर ल्याउने गरिन्छ ।
दसैंमा घर घरमा खसी, बोका तथा रागाहरु किन मार हान्नुप¥यो ? दसैंका लागि आवश्यक मासु मासुपसलबाट ल्याए भइहाल्छ नि ? मासुका लागि आवश्यक पशुपंक्षीहरु पशुवधशालामा नै काट्नु उपयुक्त हुन्छ । घरघरमा पशुपंक्षीहरु वधगर्दा त्यसको जनमानसमा, अझ खासगरी केटाकेटीहरुको मनमस्तिष्कमा नकारात्मक असर पार्छ भन्ने कुराको ज्ञान हुन सबैलाई जरुरी छ ।

एक अध्ययनका अनुसार बालबालिकाहरुले खेलाउने खेलौना हतियारहरुले समेत हिंसाका भाइरसहरु फैलाउँछ भन्ने तथ्य प्रकाशमा आइरहँदा घरघरमा खसीबोका, कुखुराहाँस तथा रागा आदि जस्ता पशुहरुको हत्या गर्ने जस्ता क्रियाकलापहरुले हिंसालाई कति बढावा दिन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
अर्को कुरा दसैंमा टीका लगाएर दक्षिणा दिने दस्तुर पनि ठिक होइन । दक्षिणा दिने चलनले पनि निम्न र निम्न मध्यम वर्गका परिवारहरुका लागि आर्थिक बोझ थप्ने कार्य गर्छ । त्यसैले मान्यजनहरुको हातबाट टीका थाप्ने, मान्यजनहरुले टीका लगाएर जमरा तथा आशीर्वाद दिने तर दक्षिणाको रुपमा दाम नदिने चलन चलाउनु राम्रो हुन्छ ।

दसैंमा देशविदेशमा रहेका नेपालीहरुलाई आफ्नो घर फर्किने निकै धपडी हुन्छ । त्यसैले समयमा घर पुग्न मानिसहरुले निकै जोखिमपूर्ण यात्रा गरेको देखिन्छ । यस्ता जोखिमपूर्ण यात्राले गर्दा नै दसैंका मुखमा थुप्रै सवारी दुर्घटनाहरु घट्दै आएका छन् । यसकासाथै यस्ता चाडपर्वहरुमा मादकपदार्थहरुको सेवन गरेर सवारी चलाउँदा पनि निकै दुर्घटनाहरु हुने गर्छन् । खास गरी मोटरसाइकल दुर्घटनाहरु निकै हुने गर्छन् ।

दसैं तिहार होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिना हेल्मेट मोटरसाइकल हाँक्ने, मोटरसाइकलमा दुईभन्दा बढी मानिसहरु हालेर हिँड्ने, बसको छतमा बसेर वा बसको ढोकामा तथा बसकोपछि झुण्डिएर यात्रा गर्ने तथा माद्यकपदार्थ सेवन गरेर सवारी चलाउने जस्ता जोखिमपूर्ण क्रियाकलापहरु गर्नु हुँदैन ।
अर्को कुरा दसैंमा मानिसहरुले पोलेको, भुटेको, तारेको मासुलगायतका थरिथरिका रंगमिसाइएका परिकारहरु प्रशस्त खाने गर्छन् । मासुलगायतका यस्ता परिकारहरु प्रायः बासी हुन्छन् । टीकाको दिनमा त मानिसहरु टीका थाप्दै बीसौं ठाउँमा खादै हिँड्ने गर्छन् । यसरी जताभावी कोचीकोची खाँदा अपच भई बिरामी पर्ने सम्भावना हुन्छ । त्यसैले दसैंमा आफ्नो पाचनशक्तिअनुरुप खानपिन गर्नुपर्छ ।

मासु खाँदा हड्डीको ख्याल गरेर राम्रोसँग चबाएर निल्नुपर्छ । नत्र, हड्डी घाँटीमा अटकिन सक्दछ । दसैंतिहार जस्ता चाडवर्पहरुमा घाँटीमा हड्डी अट्किएर अस्पताल आउने बिरामीहरुको संख्या निकै धेरै हुन्छ । मुलो कुरो अर्काको देखासिकीमा होइन कि आफ्नो आर्थिक हैसियतअनुरुप खर्च गरेर, दसैंका सकारात्मक कुराहरुलाई मनन गरे ‘दसैँ’ मनाउनुपर्छ । दसैंका नाममा नकारात्मक कुराहरुलाई पश्रय दिएरु दसैंलाई दशा बनाउनु कदापि ठिक होइन ।