आजको मौसमः देशभर वर्षाको सम्भावना

मेचीकाली संवाददाता

७ भाद्र २०७८, सोमबार
895 shares

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी राति पनि बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

मंगलबार बिहान पनि देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।