सन्धिखर्कमा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

मेचीकाली संवाददाता

२ भाद्र २०८१, आईतवार
313 shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिको नगर स्तरिय स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहको समिक्षा गरीएको हो ।

नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था, बजेट र खर्चको अवस्था, तथा बित्तिय प्रगति विवरण, सम्पन्न हुन नसकेको कार्यक्रमहरु, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा स्वास्थ्य संस्थाका प्रमुख हरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा. जगनाथ तिबारीले जिल्ला अस्पतालको भौतिक बिकास सँगसँगै सेवाग्राहीलाई समेत उपचारमा सहयोग गनुपर्ने बताएका थिए । कार्यक्रममा जनस्वास्थ्य प्रमुख शिव नेपाली लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष तथा स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको अध्यक्षता, स्वास्थ्य संयोजक पुर्ण पराजुलीको स्वागत तथा सहसंयोजक प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।