सियारी गाउपालिकाद्वारा बाढीपीडितलाई राहत वितरण कार्यक्रम जारी

मेचीकाली संवाददाता

१५ भाद्र २०७८, मंगलवार
855 shares


तुलसी राम पौडेल
सियारी, भाद्र १५
हालै भएको अविरल वर्षाको कारणले प्रभावित बाढीपीडितहरुलाई रुपन्देहीको सियारी गाउपालिकाले राहत दिने कार्यक्रमलाई सक्रियता रुपले निरंतरता दिएको छ।सियारी गाउपालिका वडा नम्बर -६ करेङ्गे टोलका बाढीपीडित ५ घर परीवारलाई राहत वितरण गरिएको छ। दैनिक अति आवश्यक खाद्य सामाग्री चामल , दाल नुन ,तेल ,आलु ,पियाज वितरण गरीएको हो । गाउपालिका उपाध्यक्ष अमृता गुरुङ र वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले संयुक्त रुपमा राहत सामाग्री वितरण गर्नुभएको हो । सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले अन्य वडाहरुका बाढीपीडितहरुलाई पनि राहत वितरण गरिने बताउनु भयो ।यस अघि गाउपालिका वडा नम्बर १ मा आइतबार बाढीपीडित हरुलाई राहत सामाग्री वितरण गरिएको थियो ।वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले बाढीपीडितहरुको घर निर्माणको लागी गाउपालिकामा पहल गरीने बताउनु भयो । राहत कार्यक्रममा वडा सदस्यहरु, स्काउट तदर्थ समितिका संयोजकं, सदस्यहरुको सहभागिता रहेको थियोे ।