

तुलसीराम पौडेल
फर्साटिकर, फाल्गुन १८
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलमा विविध कार्यक्रम सहित २ दिने 4th “Student ” Day
मनाइएको छ।कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले नेपालको शैक्षिक गुणस्तर शिक्षामा निजि विद्यालयको महत्त्वपूर्ण योगदान रहेकोे बताउनु भयो।कार्यक्रममा शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल ,शुद्दोधन गाउँपालिका प्रवक्ता एवं वार्ड नम्बर -४ का अध्यक्ष केशव अधिकारी , रेप्सा अध्यक्ष लोक शर्मा बस्याल ,स्कुलका सल्लाहकार डाक्टर दामोदर भुसाल लगायतले शुभकामना मन्तव्य दिनु भयो ।
“Student ” Day कार्यक्रममा पुरस्कार तथा मेडल वितरण, धेरै विद्यार्थीको सहभागितामा IOT and Science Exhibition कार्यक्रम अन्तरगत IOT र Scirnce गरि ३५ वटा स्टल राखिएको थियो ।
कार्यक्रममा नृत्य ,संगीत ,वाक कला लगायतका प्रस्तुति रहेको थियोे ।
“Best Wishes ” उपाधी प्राप्त राजन पौडेल र मोना पराजुली हुनुहुन्थ्यो भने ” Most Dedicated Teach ” को उपाधी पाउनेहरुमा पवनकुमार केसरी ,दुर्गा राना र जमुना पौड्याल हुनुहुन्थ्यो ।
leadership Batch – 2081 कि अध्यक्ष दिपा गिरिको अध्यक्षता, विद्यालयका प्रबन्ध निर्देशक रिषिराम बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन राजन पौडेल ,जस्मिन खाड र कृषा पन्तले गर्नुभएको थियो ।