

बुटवल । उच्च शिक्षा अध्यापन गराउने लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा मंगलबार मेगा फूड फेस्टिबल तथा लाइभ कन्सर्ट सम्पन्न भएको छ । कलेजमा ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) अध्ययनरत विद्यार्थीको आयोजनामा भएको फेस्टिबलमा विभिन्न खाजाका परिकार विद्यार्थीले तयार गरी विक्री गरेका थिए । क्याम्पस प्रमुख मनोज मरासिनीले विद्यार्थीको व्यवहारिक शिक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले फूड फेस्टिबल तथा सांगीतिक कार्यक्रमको गरेको जानकारी दिए ।
विद्यार्थीहरुले पकाएका नयाँ र फरक स्वादका परिकार कलेज सञ्चालक समिति, प्राध्यापक अभिभावक र विद्यार्थीहरुले किनेर खाएका थिए । बिएचएम/बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले विद्यार्थीहरुले तयार पारेका ती परिकारको मूल्य न्यूनतम राखिएको बताए । फूड फेस्टिवलमा बिएचएम÷बिआइएमका विद्यार्थीलाई प्रध्यापक विवेक न्यौपानेले गाइड गरेका थिए । लाइभ कन्सर्ट कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न सांगीतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्माले विद्यार्थीलाई युगमा सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि सिकाउनुपर्ने आवश्यकता औंलाए । कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. अजित खनालले अक्सफार्डले विद्यार्थीलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रित नगरेको बताउदै हरेक क्षेत्रमा दक्ष बनाउनका लागि विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा जाने गर्छन । त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दानी समेत गर्न थालेका छन । फुड फेस्टिवलसँगै आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णु खनालले जानकारी दिए । कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य धर्म पौडेल, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, होराइजन गौतमबुद्ध माविका प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, प्रध्यापक नारायण सापकोटा, बालकृष्ण पोखरेल, सहप्राचार्य मोहन क्षेत्री लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा कलेजले आयोजना गरेको फुटसल, वेभ डिजाइजनमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कप, मेडल र प्रमाणपत्रले समेत सम्मान गरिएको थियो । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट समेत ल्याउदै आएको छ । वि.स.२०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो । त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम, बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम र बिबिएस चौथो बर्षमा समेत नेपाल द्वितीय हुन सफल भएको थियो ।