आरोग्य स्पर्शको बुटवलमा सेवा सुरू

मेचीकाली संवाददाता

२४ जेष्ठ २०८२, शुक्रबार
36 shares

बुटवल, जेठ २३ । एकै ठाउँमा छाला, यौन र स्त्री रोग अत्याधुनिक विशेषज्ञ सेवा प्रदान गर्ने गरी बुटवल हस्पिटल लाइन तिलोत्तमा पथमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ । आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सहरुको टिमले लेजर थेरापी पद्धतिबाट उपचार दिने गरी गरी एक करोड लगानीमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको हो ।
छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बिन्दु खरेल र अर्को स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.शीला ढकाल सहितको टीमले सेवा दिनेछ । यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटाले छाला, यौन रोग तथा कस्मेमिट लेजर विशेषज्ञ सेवा अत्याधुनिक सेवा प्रदान गरिने बताए ।
कृत्रिम बुद्धिमतामा आधारित छाला विशेषज्ञ प्रविधि, छालाका समस्याहरुको बिस्मृत डिजिटल परीक्षण, लेजर प्रविधिबाट दागहरु हटाउने, टयाटु हटाउने, कपाल प्रत्यापरोप, कपालको जिएफटी थेरापी लगायतका सेवा दिइने बताए । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.बिन्दु खरेलले लेजर थेरापीबाट गाइनोकोलोजिष्टको उपचार गरिने बताइन । साथै उनले निसन्तानको उपचार, गभवर्तीको सम्पूर्ण जाच गरिने बताइन् । उनले गाइनो सम्बन्धी खुलेर आफ्नो समस्या भन्न नसक्नेलाई लेजर प्रविधिबाट उपचार गरिने डा. खरेलेको भनाइ छ ।
क्लिनिकमा सञ्चालनको अवसरमा निःशुल्क बहिरंग सेवा उपलब्ध गराइएको छ । त्यस्तै विपन्न र असाहयका लागि नि शुल्क उपचार समेत गरिने डा.सापकोटाले बताए । क्लिनिकको औपचारिक उद्घाटन शनिबार हुनेछ । आरोग्यका अत्याधुनिक सेवाहरुले यस क्षेत्रको स्वास्थ्यमा सेवामा नयाँ आयाम थपेको छ । क्लिनिकका व्यवस्थापक विवेक खरालले सुपथ शुल्कमा विरामीलाई राम्रो सेवा दिने गरी आफूहरु अघि बढेको बताए ।