वैकल्पिक उपचारमा पुनर्जागरण ल्याउँदै सैनामैना प्राकृतिक चिकित्सालय

मेचीकाली संवाददाता

२५ जेष्ठ २०८२, शनिबार
16 shares

अमृत गिरी

सैनामैना । जब संसारभर आधुनिक एलोपेथिक औषधीको प्रयोग चरम सीमामा पुग्दैछ, जब एन्टिबायोटिकको जथाभावी प्रयोगले औषधी नै काम नलाग्ने संकट उत्पन्न गरिरहेको छ–त्यही बेला नेपालका केही पहल र प्रयोगहरुले मानव स्वास्थ्यको वैकल्पिक, भरपर्दो र दिगो उपायतर्फ इङ्गित गरिरहेका छन् । समध्ये एक उदाहरण हो–सैनामैना–१, रुपन्देहीमा अवस्थित प्राकृतिक चिकित्सालय, जहाँ बिना औषधी, बिना शल्यक्रिया, बिना सुई–इन्जेक्सन मानिसहरूलाई रोगमुक्त र दीर्घजीवी बनाउने लक्ष्यसाथ काम भइरहेको छ ।

प्राकृतिक चिकित्साः रोगको होइन, कारणको उपचार
प्राकृतिक चिकित्सा पद्धतिले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई समग्ररूपमा सन्तुलित राख्न प्राकृतिक तत्वहरू–जल, वायु, माटो, सूर्यप्रकाश, आहार, योग, ध्यान आदिलाई नै उपचारका साधनका रूपमा प्रयोग गर्छ । रोग नलाग्न दिनु नै उत्तम उपचार भन्ने सन्देशमा आधारित यो चिकित्सा प्रणालीले रोगको ‘लक्षण’ होइन, ‘कारण’ हटाउने विधिबाट कार्य गर्छ ।

यही दृष्टिकोणले गर्दा दीर्घ रोग, विशेषगरी जीवनशैलीसँग सम्बन्धित नसर्ने रोगहरू–मधुमेह, उच्च रक्तचाप, मोटोपन, जोड–निया समस्या, अनिद्रा, तनाव आदिका लागि यो विधि विशेष रूपमा प्रभावकारी सावित भएको छ ।

श्वव्यापी स्वीकृति र नेपालमा उदाउँदै गरेको चेतना
भारत, जापान, जर्मनी, अमेरिका, थाइल्याण्ड, कोरियालगायतका मुलुकहरूमा दशकौँदेखि प्राकृतिक उपचार प्रणाली प्रभावकारी ढङ्गले प्रयोग भइरहेको छ । ध्यचमि ल्बतगचयउबतजथ ँभमभचबतष्यल र ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल (ध्ज्इ) समेतले प्राकृतिक चिकित्सालाई आधुनिक चिकित्सा प्रणालीको एक पूरक विधिका रूपमा मान्यता दिइसकेको छ ।
कोभिड महामारीका बेला विश्वभर ‘इम्युनिटी बूस्ट’ मा जोड दिइएको बेला प्राकृतिक चिकित्सा विधिले यसको समाधानमार्ग देखाएको थियो । सैनामैनाको यहीँ प्राकृतिक चिकित्साले कोभिडकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आइसोलेशन सेन्टर र क्वारेन्टाइनहरुमा योगा सिकाउने, आयुर्वेदको प्रयोग गराउने जुन काम भयो त्यो नै प्राकृतिक चिकित्साको एउटा प्रयोग थियो ।

नेपालमा पनि हालका वर्षहरूमा यसप्रतिको विश्वास र आकर्षण बढ्दो छ । खासगरी ग्रामीण क्षेत्रका प्राकृतिक साधन स्रोतहरूको उपयोग गर्दै स्वस्थ जीवनशैलीको विकास गर्न सकिने सम्भावनाले यस विधिलाई नयाँ उचाइतर्फ उन्मुख बनाइरहेको छ ।

सैनामैना चिकित्सालयः दीर्घकालीन योजना र प्रभावकारी अभियान
सैनामैनास्थित यो चिकित्सालयले योग, ध्यान, प्रणायाम, जल चिकित्सा, माटो उपचार, उपवास, सात्विक आहार, वायु उपचारलगायतका विधिबाट बिरामीको उपचार गर्दै आएको छ । नयाँ अध्यक्ष चित्रबहादुर कार्कीको नेतृत्वमा संस्थाले दीर्घकालीन योजना ल्याएको छ, जसमा निम्न पक्षहरूलाई समेटिएको छः

चिकित्सालयलाई आधुनिक साधन स्रोतसहित सुसज्जित बनाउने, दक्ष जनशक्ति तथा विशेषज्ञ प्राकृतिक चिकित्सकको व्यवस्थापन, उपचारमा आएका बिरामीलाई निरोगी र दीर्घजीवी बनाउने र तीनै तहका सरकारसँग सहकार्य गरी यो क्षेत्रको पूर्वाधार विकासलाई योजना बनाइएको अध्यक्ष कार्कीको भनाइ छ ।

कार्कीका अनुसार हाल करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्रलाई पूर्वीय चिकित्सा ज्ञानको अभ्यास स्थल बनाउने योजना छ । २०६८ सालमा स्थापना भएको यो केन्द्रले एक साथ सयौं विरामीको उपचार गर्न मिल्नेगरी दीर्घकालीन योजनाका साथ संरचना विस्तारको काम गरिरहेको छ ।

कोभिड महामारीका बेला प्राकृतिक उपचार विधिले धेरैको जीवन बचाएको अनुभवलाई आधार बनाउँदै संस्थाले अब नयाँ पुस्तालाई जागरुक बनाउनसमेत अभियान चलाउने भएको छ ।

प्राकृतिक उपचार नै प्रभावकारी
चिकित्सालयमा अनुभवी प्राकृतिक चिकित्सक र थेरापिस्टहरु कार्यरत रहेका छन् । हाल चिकित्सालयमा नशा च्याँपिएका, पक्षघात भएका, ढाडमा समस्या भएका, अल्सर र ग्यास्ट्रिकको समस्या भएका बिरामीहरु उपचार रहेको चिकित्सालयका व्यवस्थापक प्रेम खत्रीले बताए । फिजियोथेरापिस्ट राम क्षेत्री, जगतबहादुर पुन, लिला विस्ट, गीता पोखरेल, पिन्की चौधरी, भुमा पुनलगायतका प्राकृत्तिक चिकित्साको थेरापिबारे जानकारहरुले उपचार गरिरहेको उनले बताए ।

दीर्घरोगका केसस्टडी र सफलता
प्राकृतिक उपचारले धेरै जसो दीर्घ रोगहरू निको पार्न सफल भएको रिपोर्टहरू छन् । उदाहरणका लागि ः मधुमेहबाट ग्रसित एक ५५ वर्षीय पुरुष, जसले ६ महिनासम्म उपवास, जल चिकित्सा र ध्यान गरेपछि औषधी त्याग्न सफल भए ।
उच्च रक्तचापका कारण तनावमा रहेकी एक महिलाले प्रणायाम र सात्विक भोजनद्वारा औषधी प्रयोग नगरी स्वस्थ जीवनशैली कायम राख्न सकिन । मोटोपन र थकानका कारण थला परेका एक युवाले माटो मालिस, नियमित योग र जल उपचार गरेर तन्दुरुस्ती पुनः प्राप्त गरेका छन् ।

किन महत्वपूर्ण छ यो प्रयास ?
नेपालजस्तो विकासशील देशमा जहाँ स्वास्थ्य प्रणाली सधैं पहुँचमा छैन, जहाँ औषधि आयातमा ठूलो रकम विदेशिन्छ, त्यहाँ प्राकृतिक उपचारले विदेशी मुद्रा बचत, आत्मनिर्भर स्वास्थ्य सेवा र सशक्त नागरिक उत्पादनमा उल्लेखनीय भूमिका खेल्न सक्ने आयुर्वेदका ज्ञाता बाबा योगिराजको भनाइ छ ।

प्राकृतिक चिकित्सा कम खर्चिलो, हानिरहित, देशभित्रै उपलब्ध साधन स्रोतमा आधारित, रोग नलाग्ने जीवनशैली विकास गर्ने प्रणाली भएकाले यो केवल चिकित्सा होइन–मुलुकलाई आत्मनिर्भर बनाउने मौलिक र आफ्नै उपचार विधि पनि हो ।
सैनामैनाबाट सुरु भएको यो अभियान नेपालको स्वास्थ्य, जीवनशैली र चेतनाको सुधारतर्फको ऐतिहासिक यात्रा हो । जब औषधीमा भर पर्नु छैन, जब शरीर र आत्माको सन्तुलन नै रोग निवारणको उपाय हो, तब यो अभियानले स्वास्थ्यको नयाँ परिभाषा दिन सक्छ ।