बुटवलको मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा

मेचीकाली संवाददाता

६ श्रावण २०८२, सोमबार
62 shares

बुटवल । बुटवल–६ मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ । रुपन्देहीसहित पश्चिम नेपालका बिभिन्न जिल्लाका बिरामीहरूलाई एकै ठाउँमा सहज रुपमा गुणस्तरीय बिशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले सोमबारदेखि हेल्थ सेन्टर सञ्चालमा ल्याइएको हेल्थ सेन्टरका अध्यक्ष मेघदेव पन्तले बताए ।

बिरामीको उत्कृष्ट उपचारका साथै बिरामीहरूलाई नम्र व्यवहार, विश्वासिलो ल्याब र सहुलियत मूल्यमा औषधिको व्यवस्था गरिने अध्यक्ष पन्तले बताए । एकै ठाउँमा सबै रोगको विशेषज्ञ सेवा सञ्चालनमा आएसँगै यस भेगका बिरामीहरूलाई उपचारका लागि काठमाडौँ धाउनुपर्ने र महँगो खर्च गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

एक करोड बढीको लगानीमा सञ्चालनमा आएको नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टरमा बिभिन्न रोगका एक दर्जन बढी बिशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गर्ने अध्यक्ष पन्तले बताए । बिरामीहरुलाई वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा.बिक्रम कार्की, बरिष्ठ बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, वरिष्ठ फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.जगदिश पाण्डे, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.शर्मीला शर्मा, सुगर, प्रेसर, थाईराइड, पेट, छाति, दम तथा मुटुरोग विशेषज्ञ डा.आयुष्मा गौतम, वरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डा.सुमन सिमखडा, बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.लोकेन्द्र कुँवरले सेवा प्रदान गर्नेछन् ।

यस्तै, ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा.नविन श्रेष्ठ, हाडजोर्नि नशा तथा बाथ रोग विशेषज्ञ डा.सम्राट पराजुली, सुगर, प्रेसर, थाईराइड, पेट, छाति, दम तथा मुटुरोग विशेषज्ञ डा.कपिल गौतम, बलरोग विशेषज्ञ डा.जगदिश कुँवर, नाक कान, घाँती रोग विशेषज्ञ डा.देबेन्द्रराज बेलबासेले बिरामीहरुलाई सेवा प्रदान गर्ने छन् । यस्तैगरी रेडियोलोजिस्ट विशेषज्ञ डा.प्रशान्त आचार्य, डा.कुन्दन मरासिनी, डा.कबिराज भुसालले दैनिक रुपमा भिडियो ऐक्स–रे सेवा प्रदान गर्ने छन् । साथै प्लास्टर, प्रयोगशाला, नेबुलाइजेसन, फार्मेसी सेवासँगै बिरामीको घरमै गएर ल्याब जाँचको नमुना संकलन गरीने र औषधिको होम डेलिभेरी सेवासमेत प्रदान गरीने अध्यक्ष पन्तले बताए ।

यस्तै, शुभारम्भका अबसरमा एक हप्तासम्म निःशुल्क ओ.पि.डि सेवा तथा बिशेषज्ञ डाक्टद्धारा निःशुल्क परामर्श, प्रयोगशाला सेवामा २० प्रतिशत छुट तथा निःशुल्क सुगर, कोलेस्ट्रेल परिक्षण, प्रत्येक दिन ५ जनाको निःशुल्क थाईराइड परिक्षण, भिडियो एक्सरेमा ५० प्रतिशत छुट, ई.सि.जि, एक्सरे र औषधिमा बिशेष छुटको व्यवस्था गरीएको छ । शुभारम्भका अबसरमा सोमबार रक्तदान कार्यक्रमसमेत सम्पन्न भएको छ । उक्त रक्तदानमा ३५ यूनिट रगत संकलन भएको अध्यक्ष पन्तले जानकारी दिए ।