बुटवलमा ई–रिक्सा सञ्चालन र व्यवस्थापनका उपाय

मेचीकाली संवाददाता

२७ कार्तिक २०८२, बुधबार
10 shares

कृष्णप्रसाद तिवारी

पश्चिम नेपालको गौरवको गाथा यस क्षेत्रभित्र बासोबास गर्ने नेपालीको मुख्य व्यावसायिक तथा व्यापारिक केन्द्रको रूपमा स्थापित साविकको तिनाउको पश्चिम किनारको पहाडको केन्द्रमा रहेको बटौली र हालको स्तरउन्नत विकसित बुटवल बजार हामी सबैको साझा थलो हो । भारतीय नाकाबाट नजिक र पहाडि धेरै जिल्लाको दैलोमा रहेको बुटवल बजार हरेक प्रकारको व्यावसायिक बजारको रूपमा स्थापित सहर हो ।

हाम्रो नेपालका राजनितिक प्रणालीअनुरुप गरिने विभिन्न निर्वाचन प्रक्रियाबाट यस नगरको नेतृत्व धेरै प्रकारका व्यक्तिहरुले गर्ने अवसर प्राप्त पनि भयो । सबैको सानोठुलो योगदानबाट आजको सहरउन्मुख बुटवल निमार्ण सन्पन्न भएको सर्बबिदिँदै छ । यहाँ साना होऊन वा ठुला उद्योग होउन वा ठेलामा मकै पोल्ने ब्यापारी, अस्पताल होस वा झोलामा औषधी बोकेर बेच्ने व्यापारी, गल्ला होलसेल होस या डोकामा दुईचार सयको व्यापार गर्ने व्यापारी, ठुला गाडी बेच्न व्यापारी होस् या तिनै गाडीका पन्चर टाल्ने साना व्यापारी सबैको साझा थलो हो ।

बुटवलमा हालको पछिल्लो अबस्थामा पहाडका धेरै गाउँ रित्तिँदै गएको र बुटवलमा झर्ने क्रम तीव्र छ । सबैलाई बुटवलमा आउनु छ यसैले बुटवलमा सबैलाई अटाउन सक्ने वातावरण निर्माण गर्न सक्ने योग्य नेतृत्वको अति आवश्यक छ ।
मैले समग्रमा सबैको प्रतिनिधित्व र स्थायित्वको बुटवल बन्नुपर्छ भन्ने मुल विषयमा जोड दिन चाहन्छु । तर यहाँ ठूलालाई प्रोत्साहन दिने र सानालाई लखेटि लखेटी धपाउने गतिविधि भएको प्रष्टै छ । मकै पोल्ने, झोलामा फलफूल बेच्ने साना व्यक्ति, व्यापारहरुलाई नगरले खोजीखोजी लखेटेछ । मेरो आपत्ति पनि ठ्याक्कै यहि नेर हो । व्यवस्थित बजार निर्माण गर्नु नेतृत्वको जिम्मेवारी हो ।

तर लखेटेर समाधान हुँदैन सानो व्यावसाय गर्नु कसैको पनि रहर होइन बाध्यता हो । डोको खोसेर सामान लुट्नु, लुटिनु परिवारका लागि कति पिडादायी हुन्छ उसैलाई मात्र थाहा हुन्छ निर्देशनदिने लाई त समाचार बनेर आउछ र मजा आउला, त्यसैले मनन गरौं र ब्यवस्थित बजार निर्माण गरियोस् र सबै अटाउन सक्ने वातावरण बनोस् । शुभकामना ।
हामी ई–रिक्साको कुरा गर्न यो भेला बैठक आयोजना गरिएको हो । ई–रिक्सा बुटवलमा चल्न सुरु भएको करिब १२/१३ वर्ष भयो तर व्यवस्थापनका नाममा धेरै गतिविधि भए, असार श्रावणको झरीझैँ भयो । केही दिन वर्षा हुने, हिउँद लाग्ने र हराउने हिजोको दिनमा स्थापित र विस्थापितको नाममा होस वा दर्ता प्रक्रियामा होस्, सस्था निर्माणमा होस् या भाडादरमा व्यावसायिक हुन वा स्वरोजगार धेरै कुराको विषय उठ्यो तर हाल सम्म कुनै उपलब्धि हुन सकेको छैन । धेरैले रोजगार बन्न जेनतेन बिहान हुन बेलुकाको दुखसुख दुई छाक कमाएर आ–आफ्ना बालबच्चा पालेका हुने तर कुनैकुनै बेला नगरले होस् या ट्राफिक प्रहरीले कुनैकुनै बहाना बनाएर कारवाहीको नाममा दन्डित गर्ने र महँगो शुल्क असुल्ने, राजस्व बढाउने र छाडीदिने, फेरि दुईचार दिन चल्न दिने पुनःसोही प्रक्रिया दोहोराउने, यसले गर्दा गरिखाने चालक, व्यावसायी मारमा परेका छन् ।

हालको अवस्था त झनै बजार अस्थव्यस्त छ । दर्ता प्रक्रियामा सामेल भएका भन्दा नया दर्ता बिनाका रिक्साको संख्या दोब्बर जस्तै देखिन्छ साथै अन्य पालिकाहरुबाट ई–रिक्साहरु सबै बुटवलमै ल्याएर संचालित गर्ने र अन्य विभिन्न स्थान दाङ, कपिलवस्तु, बाँकेबाट समेत ई–क्साहरु सबै बुटवलमै ल्याएर सञ्चालन गर्ने र अन्य विभिन्न स्थान दाङ, कपिलवस्तु, बाँकेबाट सस्तोमा ई–रिक्साहरु ल्याउने र बुटवलमा किनबेच गर्ने क्रम पनि तिब्र छ ।

नगर र ट्राफिकबाट नियन्त्रण र व्यवस्थापनमा निष्क्रियता छ । कसैले यसको समाधान गर्ने संघ सस्थाहरुलाई नगरले पूर्ण रूपमा उपेक्षा गरेको छ । कुनै पनि बैठक छलफल र प्रक्रियामा संघसंस्थालाई जानकारी र खबर नगरी निर्माण एकतर्फी ढंगले नगरले ई–रिक्साको कार्यविधि निर्माण गर्ने, दर्ता प्रक्रिया खुल्ला गर्ने गरेको छ, सरोकार पक्ष र सम्बन्धित क्षेत्रमा अनुभव बटुलेका सबैलाई राजनीतिक हिसावले पाखा लगाउने र सुजबुझ र ज्ञान नभएका व्यक्तिबाट सल्लाह लिने प्रकृतिले पनि आजको समस्या उत्पन्न भएको कटु सत्य हो ।

हामी समस्या मात्रै लिएर आएका हैनौ, समाधानका धेरै उपाएहरु पनि यहाँ राख्न चाहान्छौं । त्यसैले नगर स्थरको एक कार्यदल निर्माण गठन गर्न अनुरोध गर्दछौँ र सोहीमार्फत समस्या समाधान गर्न सकिने छ ।

१. सर्ब प्रथम कार्यदल गठन गरी दर्ता प्रक्रिया टुंगाउने ।
२. कार्यविधि हेरफेर र कार्यान्वयन गर्ने ।
३. ई–रिक्साको स्ट्यान्ड कायम गर्ने र भाडादरमा एकरुपता ल्याउने ।
४. करदरको एकरुपता कायम गर्ने र न्यूनतम कर तोकिनुपर्ने ।
५. ई–रिक्साको लाइसेन्सको समस्याको हल गर्ने ।
६. दर्ता नभएका ई–रिक्साहरुको उचित व्यवस्थापन गर्ने । यो काम गर्न सकिनेछ ।
७. बुटवल नगर क्षेत्रभित्र सञ्चालित ई–रिक्सा चालकहरुको छुट्टै पोसाक राख्ने ।
८. ई–रिक्साहरुको बिमा अनिवार्य गर्ने ।
९. दोहोरो कर प्रणाली खारिज गर्नुपर्ने ।
१०. राष्ट्रिय राजमार्गअन्र्तगत रहेका महेन्द्र र सिद्धार्थ राजमार्गका सर्भिस लेन प्रयोग तथा सडक वारपारको विषयमा उचित प्रबन्ध गर्ने र तिनाउ पुलको आवत जावतमा भएको कठिनाई समाधान गर्ने ।

त्यति धेरै ठूला समस्या पनि होइनन् तर इच्छाशक्ति भए सरल तबरमा समाधान हुने छन् । यहाँ ठूला व्यापारिक विचौलियाबाट यसलाई अस्तव्यस्त बनाएर समस्या सिर्जना गर्ने र अन्यमा यसलाई हटाउने आफू अनुकुल गाडी भित्राउने षड्यन्त्र गर्न खोजेको पनि बुझिन्छ । यसर्थ खबरदारी हामी रहेसम्म ई–रिक्सा बुटवलमा जे जसरी पनि चल्नुपर्छ भन्ने कुरामा हाम्रो एक मत छ । हामी संघसस्थाका अनुभवी प्रतिनिधि हामीले धेरै समस्या हाम्रो तर्फबाट समाधान गरिरहेका छौँ ।

हामी चाहन्छौँ ई–रिक्सा समस्याका सम्पूर्ण विषयहरुमा समाधान निकाल्न ई–सरोकारवाला संघसंस्थाहरुको १÷१ जना प्रतिनिधि रहने गरी एक कार्यदल निमाण गरिनुपर्छ र कार्यदलले सबैको साझा विचारमा निर्णय गर्नेछ र सुझावसहितको प्रतिवेदन तयारी गरी स्थानीय सरकार नगरसँग प्रस्तुत गर्ने छ । हामी सरोकारपक्षसँग छलफल गरी सहमति गर्नुपर्छ । जसबाट सधैका लागि ई–रिक्सा सञ्चालनको लागि उचित व्यवस्थापन सम्भव छ । अन्यथा नगर प्रमुख, उपप्रमुखलाई धेरैले ज्ञापनपत्र बुझाउने र दिने कार्यले अन्योल मात्र हुने छ । कार्यदलका लागि,

१ एकजना जनप्रतिनिधि कुनैपनि वडाको वडा अध्यक्ष संयोजक
२. लुम्बिनी यातायात कार्यालयबाट–१ जना प्रतिनिधि–सदस्य
३. प्रहरी कार्यालय बुटवलका १ जना प्रतिनिधी–सदस्य
४. इलाका प्रहरी कार्यालय बुटवलका १ जना प्रतिनिधि–सदस्य
५. उपझोक्ता हित संरक्षण मञ्च बुटवलका १ जना प्रतिनिधि–सदस्य
६. नगरिक समाजका १ जना प्रतिनिधि–सदस्य
७. बुटवलमा रहेका दर्ता कायम आधिकारीक–ई–रिक्सा संघ संस्थाका १÷१
जना प्रतिनिधि सदस्यसहितको व्यक्तिहरुलाई सहभागी गराउने र अनुभवी क्षमतावान् संघ/संस्थाहरुका व्यक्तिहरुलाई पाखा लगाउने हो भने यो केवल समय कट्ने माध्यम मात्र हुनेछ । समस्या भने जस्ताको तस्तै रहने छ । ( हरियाली यातायात प्रालि बुटवल–९ रुपन्देहीको धारणाका आधारमा तयार पारिएको लेख ।)