एनपीएल: प्लेअफ पुग्ने लक्ष्यसहित काठमाण्डु र लुम्बिनी खेल्दै

मेचीकाली संवाददाता

१० मंसिर २०८२, मंगलवार
19 shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाण्डुले यो संस्करणमा यसअघि तीन खेल खेलेको छ । जसमा दुई खेलमा हार र एक खेल जितेको छ । काठमाण्डु २ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसअघि खेलेको दुई खेलमध्ये एकमा जित निकाल्दै दुई अंकसहित छैटौँ स्थानमा छ । दुवै टोली आज जितको खोजीमा हुनेछन् । प्लेअफको सम्भावना जीवितै राख्न यी दुईवटै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

काठमाण्डु र लुम्बिनीले आ–आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा राम्रो शुरूवात गरेका थिए । काठमाण्डुले पहिलो खेलमा साविक विजेता जनकपुर र लुम्बिनीले चितवन राइनोजलाई हराएको थियो ।