विश्व एड्स दिवसमा अक्सवृज इन्टरनेशल एकेडेमीद्धारा सचेतना याली

मेचीकाली संवाददाता

१६ मंसिर २०८२, सोमबार
199 shares

बुटवल, मंसिर १५ । ३८ औं विश्व एडस दिवसको अवसर पारेर बुटवलस्थित अक्सबृज इन्टरनेशनल एकेडेमीले सोमबार बुटवलमा सचेतना ¥याली निकालेको छ । ‘अवरोधहरुलाई पार गरौं, एडस प्रतिकार्य रुपान्तरण गरौ’ भन्ने नाराका साथ विभिन्न प्लेकार्डसहित विद्यार्थी शिक्षकसहितको ¥याली कालिकानगरदेखि राजमार्ग चौराहासम्म निस्केको थियो ।
¥यालीपछि बोल्दै एकेडेमीका कार्यबहाक अध्यक्ष गोबिन्द खनालले एड्सबाट जोगिन र जोगाउने सचेतना अभियानमा विद्यार्थीहरुको भूमिका प्रभावकारी हुने बताए । विश्व स्वास्थ्य संगठनले मानवता जोगाउन अभियानसहित एडसको रोकथामको पहल गरेको बताउदै उनले समुदायलाई नै अगाडि बढाउँदा एड्सप्रति अपहेलना घट्ने र अन्त्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले विद्यार्थी मार्फत समाजमा सचेतनामूलक कार्यक्रम गरेकोमा प्रशंसा व्यक्त गरे । पोख्रेलले एडस रोग नभई समस्या रहेको भन्दै यसको रोकथामको लागि ऐकेबद्धता आवश्यक रहेको बताए ।
कार्यक्रममा ऐकेडेमीका प्रबन्धक निर्देशक डीपी खनालले एडसबाट आफू पनि बचौं र अरुलाई पनि बचाउ भन्ने सन्देश सहित जिल्लामा प्राविधिक शिक्षाको पढाई हुने संस्थाले पहिलो पटक सचेतनामूलक कार्यक्रम गरेको बताए । उनले विभिन्न सरुवाजन्य रोगका विषयमा प्राविधिक शिक्षाका विद्यार्थीले व्यवहारमा लागू हुनुपर्ने बताए । विद्यार्थी अक्षता थापाले आफूजस्ता युवा विद्यार्थी यस्ता रोग नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्ने बताइन् । कार्यक्रमको सञ्चालन ऐकेडेमीका संयोजक अशोक यादवले गरेका थिए । अक्सवृज एकेडेमी यस क्षेत्रको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद ९सिटिइभिटी० बाट सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने स्थापित शैक्षिक संस्था हो ।