बुटवल । अर्घाखाँचीको पोखराथोकमा जन्मेर बिगत लामो समयदेखी बिभीन्न संघसंस्था मार्फत समाजसेवा गर्दै आएकी अमृता बिक पेशाले सुनचाँदी ब्यबसायी हुन् । उनले ब्यबसाय संगै समाजसेवालाई पनि अगाडि बढाएकी छन् ।
समाजमा धन जती होस तर मन भएका मानीसहरु कमै हुन्छन् । अमृता मनकारी भाबना भएको शुसील पात्र हो । नेपाली समाजमा ईमानको खडेरी भएका बेलामा यस्ता इमान्दारी पात्र समाजका लागी आबस्यक रहेको छ । बिगत दुई दशक भन्दा बढी सुनचादी ब्यबसाय गर्दे आएका अमृताले राजनीती मार्फत समाजसेवा गर्ने कोसीस गरेका छन् ।
लामो समयदेखी लायन्स क्लब होम भृकुटी, सिनीयर डिस्ट्रीकट एडभाईजर तथा लायन्स क्लब अफ भृकुटीका पास्ट प्रेसीडेन्टको भुमीका निर्बाह गरेकी छन् । लायन्स मार्फत दुखी गरीबको सेवा गरेकी अमृता सुनचादी ब्यबसायी संघ बुटवलमा महीला सदस्यका रुपमा ब्यबसायीक हक हितमा काम गर्दे आएको एक बहुप्रतीभाका धनी हुन ।
उनी ब्यबसाय गर्दापनी ग्राहकलाई सकेसम्म राम्रो गर्ने उनको भाबना छ । महंगो बस्तु भएकाले ग्राहक ठगीने सम्भाबनालाई पनी रोकेर सतर्क हुनुपर्ने उनले सुझाउछीन । नेपालमा गत भाद्र २३ र २४ मा भएको भ्रष्टाचार र शुसासनका पक्षमा गरीएको आन्दोलनले राजनैतीक उथल पुथल भएको अबस्था छ ।
आउदो फागुन २१ मा सरकारले सघीय संसदको चुनाबको घोषणा गरेको छ । अमृताले राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशबाट दलित महिलातर्फ समानुपातिक तर्फ उम्मेद्वारी दिएकी छिन् । राजनीतिलाई पेशा नभई सेवाभाबको काम बनाउने उनको तर्क छ । पार्टीको आन्तरीक सुचीमा आफ्नो नाम समाबेश गरेको हुंदा सो आन्तरीक चुनाबमा आफुलाई मतदान गर्न उनले अनुरोध गरेकी छन् । बिजयी भए आम देशबासीको सेवा गर्ने उनको चाहाना पुरा हुनेछ ।
