तुलसीराम पौडेल –
पश्चिम् अमवा ,पौष १२
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा खानेपानी तथा सरसफाइ संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ कार्यक्रम वार्ड नम्बर -६ स्थित सिद्वार्थ माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भयो ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारूले ब्यानर पढेर कार्यक्रमको उद्वाटन गर्नुभयो ।
कार्यक्रम पश्चिम् अमवा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता तथा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गत वैशाख १ गतेदेखि मसान्तसम्म सम्मको अवधिमा खानेपानी जडान गर्ने उपभोक्ताहरुलाई सरसफाइ सामाग्री वितरण गरिएको थियोे ।

खानेपानी प्रचारप्रसार संयोजक टोलराज पौडेलको स्वागत मन्तव्य तथा संस्थाका उपाध्यक्ष सुर्यनारायण यादवको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,खानेपानी तथा सरसफाइ संस्था रुपन्देहीका प्रतिनिधि गेहेन्द्र बराल ,सिद्वार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।



