पश्चिम् अमवा खानेपानी संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ कार्यक्रम

मेचीकाली संवाददाता

१४ पुष २०८२, सोमबार
433 shares


तुलसीराम पौडेल –
पश्चिम् अमवा ,पौष १२
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा खानेपानी तथा सरसफाइ संस्थाको आयोजनामा खानेपानी शिक्षा तथा सरसफाइ कार्यक्रम वार्ड नम्बर -६ स्थित सिद्वार्थ माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भयो ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारूले ब्यानर पढेर कार्यक्रमको उद्वाटन गर्नुभयो ।
कार्यक्रम पश्चिम् अमवा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता तथा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गत वैशाख १ गतेदेखि मसान्तसम्म सम्मको अवधिमा खानेपानी जडान गर्ने उपभोक्ताहरुलाई सरसफाइ सामाग्री वितरण गरिएको थियोे ।खानेपानी प्रचारप्रसार संयोजक टोलराज पौडेलको स्वागत मन्तव्य तथा संस्थाका उपाध्यक्ष सुर्यनारायण यादवको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,खानेपानी तथा सरसफाइ संस्था रुपन्देहीका प्रतिनिधि गेहेन्द्र बराल ,सिद्वार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।