तुलसीराम पौडेल –
फर्साटिकर, पौष १६
रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित १३ औं शुद्वोदन फर्साटिकर कप प्रतियोगिताको दोस्रो दिन बुधबार टाइब्रेकरमा चादनी युवा क्लब विजयी भएको हो । बुधबार सम्पन्न चादनी युवा क्लब भर्सेस सम्पूर्ण युवा क्लब बिच प्रतियोगितामा चादनी युवा क्लबले टाइब्रेकरमा ४ का विरुद्ध ५ गोलको अन्तरले सम्पुर्ण युवा क्लबलाई पराजित गरि चादनी युवा क्लब विजयी भएको हो।
निश्चित समय अवधिमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा परिणत भएको थियो ।
बुधबार सम्पन्न खेलको म्यान अफ द म्याच चादनी युवा क्लबका गोल रक्षक करन क्षेत्री घोषित भए ।फर्साटिकर युवा क्लबका सल्लाहकार एवं निवर्तमान अध्यक्ष मुकेश कुवरले म्यान अफ द म्याच पुरस्कार पुरस्कार प्रदान गर्नुभयो ।
बिहीबार गोर्खा ब्वाइज बुटवल भर्सेस न्यू युथ युनियन पाल्पा बीच प्रतियोगिता हुने क्लबका सचिव राजन खनालले बताउनु भयो ।

