तुलसी राम पौडेल
फर्साटिकर, पौष १८
रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १५ गतेदेखि संचालित १३ औ शुद्वोदन फर्साटिकर कप प्रतियोगिता अन्तरगत चौथो दिन शुक्रबार आयोजक फर्साटिकर युवा क्लब भर्सेस मुन्स्टर गाईज नवलपरासी बीच प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगितामा आयोजक क्लब फर्साटिकर युवा क्लबले शुन्यका विरुद्ध ४ गोलको अन्तरले मुन्स्टर गाईज नवलपरासीलाई पराजित गरि बिजय भएको छ।

फर्साटिकर युवा क्लबका जर्सी नम्बर ९ का अवतार थापाले लगातार ३ गोल गरेका थिए ।अवतार थापाले पहिलो हाफको ५ औ मिनेटमा पहिलो गोल ,१५ औ मिनेटमा दोस्रो गोल र ३० औ मिनेटमा तेस्रो गोल गरेका थिए । त्यसै गरि सोही क्लबका जर्सी नम्बर १२ का निजम अलिले दोस्रो हाफको ३६ औ मिनेटमा टिमको लागि चौथो गोल गरेका थिए ।
शुक्रबार सम्पन्न खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लबका खेलाडी अवतार थापा घोषित भए ।
काठमाडौ फुटसल ग्रुपको प्रतिनिधि धिरज चन्द श्रेष्ठले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
शनिबारको खेल प्रतियोगितामा सिद्वार्थ क्लब चपरहट्टी भर्सेस लिस्नु युवा क्लब कोटिहवा बीच प्रतियोगिता हुने आयोजक क्लबका सचिव राजन खनालले बताउनु भयो ।


