भृकुटी कृषि तथा पशु विकास सहकारीको १९ औं साधारण सभा

मेचीकाली संवाददाता

२१ पुष २०८२, सोमबार
91 shares


तुलसीराम पौडेल —
सियारी, पौष १९
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित भृकुटी कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।
सियारी गाउँपालिका वार्ड नम्बर -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले साधारण सभाको एक कार्यक्रमका बीच उद्वाटन गर्नुभयो। कार्यक्रम सहकारीका अध्यक्ष चन्द्रबहादुर जिसिको अध्यक्षता तथा सियारी गाउँपालिका वार्ड नम्बर -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रबहादुर जिसिबाट वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष दुर्गा देवी पौडेलबाट आर्थिक प्रतिवेदन ,लेखासमिती संयोजक खिमानन्द सापकोटाबाट लेखा प्रतिवेदन प्रस्तुत ,संचालक समिति सदस्य रामप्रसाद घिमिरेबाट अडिट रिपोर्ट प्रस्तुत गरिएको थियोे ।
संस्थाका उपाध्यक्ष ध्रुव नेपालको स्वागत मन्तव्य तथा सचीव श्रीराम न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकारहरु अविराम बिक र प्रकाश रेग्मी ,सियारी गाउँपालिका वडा नम्बर ७ कि महिला सदस्य पुर्ण कला भट्टराई ,सियारी गाउँपालिका पुर्व उपाध्यक्ष अमृता गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।