बुटवल । मेचीकाली राष्ट्रिय दैनिकका सह–सम्पादक अमृत गिरीलाई पितृ शोक परेको छ । गिरीका बुबा लाल गिरीको ९६ वर्षको उमेरमा सोमबार राति रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित आफ्नै निवासमा निधन भएको हो ।
गुल्मीको साविक बम्घा गाविसको टाहाटिममा जन्मिएका गिरी हाल बसाइसराइ गरी मुर्गियामा बस्दै आएका थिए । उनका ४ छोरा र ४ छोरी रहेका छन् । सह–सम्पादक गिरी उनका कान्छा छोरा हुन् । उनको शव मंगलबार गुल्मीको रुरुक्षेत्र रिडी घाटमा पु¥याएर परम्पराअनुसार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
मेचीकाली राष्ट्रिय दैनिक परिवारले स्वर्गीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त गिरी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
