बुटवल । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश समिति भैरहवाको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक लिमिटेडको ५९ औं बार्षिकोत्सवका अबसरमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन भएको छ ।

उक्त रक्तदान कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लुम्बिनी प्रदेश समितिका अध्यक्ष प्रकाश भट्टराईले रक्तदान जीवनदान भएकाले बैंकको बार्षिकोत्सवका अबसरमा रक्तदान कार्यक्रम आयोजना गरीएको बताए । कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैंक लुम्बिनी प्रदेशका निर्देशक माधब रिजालले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
यस्तै कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष अब्दुल मतीन मुसलमान, सचिब आस्था भण्डारी, केन्द्रीय सदस्य नबराज गौतमका साथै फियनका उपमहासचिब रामचन्द्र बि.क., केन्द्रीय सदस्य गणेश सिंह श्रेष्ठ लगायत बैंकमा क्रियाशील युनियनका लुम्बिनी प्रदेश अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिब गुरुप्रसाद घिमिरेले गरेका थिए । सोही अबसरमा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरीएको थियो ।

